इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार विद्यालयले आफ्नै प्राङगनमा अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको हो ।

विद्यालयकि अध्यक्ष बिनिता ढकालको अध्यक्षता एवम इटहरी उपमहानगरपालिका वडा न ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो ।

विद्यार्थीहरुद्धारा विभिन्न जातिय भेषभुषामा सजिएर विभिन्न संस्कृती झल्कीने गरी सास्कृतीक प्रस्तुती तयार गर्न त्यसै स्कुलका निर्त्य निर्देशक तुलसि घिमिरले निर्त्य सङै उदघोषण नाटक समेत तयार गरि उत्त कार्यक्रमलाइ थप उत्कृष्ट बनाएका थिए | घिमिरे बिगत एक दसक बाट बिध्यालमा बालबालिका सङै नित्य सङगीत तथा ब्यातित्व बिकाश सम्बन्धि कार्य गर्दै आएका छन |

साथै सोही कार्यक्रमका बिच अभिभावकहरुसँग विद्यालयको शैक्षिण गुणस्तरमा थप प्रभावकारी बनाउने सम्बन्धमा राय सुझाव लिइएको थियो । कार्यक्रममा के.एम.सी.ए.का अध्यक्ष हरि आचार्य, जनता माबि ब्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल , शिक्षा सेवी दिनेश पौडेल लगायत शिक्षक,जनप्रतिनिधी एवम अभिभावकहरुको सहभागीता रहेको थियो ।








>










Discussion about this post