Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

वल्र्ड प्रिमियरकालागि गोर्खा वारियर बेलायतबाट सेन्सर पास

रबिन राउत by रबिन राउत
२२ भाद्र २०८०, शुक्रबार १८:५६
in भिडियो, मनोञ्जन
0
वल्र्ड प्रिमियरकालागि गोर्खा वारियर बेलायतबाट सेन्सर पास
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २२ भदौ  
अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ हलिउडको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा रेड कार्पेट प्रिमियर हुँदैछ । सो रेड कार्पेट प्रिमियरको लागि यो चलचित्र बेलायतमा सेन्सर पास भएको छ । यो चलचित्रले बेलायतमा प्रदर्शन गर्दा १५ वर्ष वा सो भन्दा माथिका उमेर समुहले हेर्न पाउने सेन्सर सर्टिफिकेट बेलायतको फिल्म सेन्सर बोर्डबाट पाएको छ ।
सेन्सरबारे यो चलचित्रका निर्माता निर्देशक मिलन चाम्सले भने,‘गोर्खालीको वीरताको गाथा प्रस्तुत गरिएको यो चलचित्रमा गोर्खालीहरुले मलाया युद्धमा सफलता हाँसिल गरेका दृष्यहरु समेटिएका छन् । द्धन्द्धयुक्त ती युद्ध दृष्यहरुलाई मध्यनजर राख्दै यहाँको सेन्सर बोर्डले यसलाई १५ वर्ष भन्दा माथिका दर्शकले हेर्न मिल्ने गरी सेन्सर सर्टिफिकेट प्रदान गरेको हो ।’
यो रेड कार्पेट प्रिमियरको लागि बिगत दुई साता देखि बेलायतमा तयारी गरिरहेका निर्माता निर्देशक चाम्सले भने,‘हामी १० सेप्टेम्बरमा यहाँको आइम्याक्स सिनेवर्ल्डमा गोर्खा वारियरको प्रिमियरको पूर्ण तयारीमा छौं । यो प्रिमियरमा सहभागी हुन हामीले बोलाएका पाहुनाहरु देश बिदेशबाट धमाधम यहाँ आईरहनु भएको छ र भोली बिहानसम्म उहाँहरु सबै आईपुग्नु हुनेछ ।’ उनले अगाडि थपे,‘यो प्रिमियरका लागि नेपालबाट यस चलचित्रका कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा सम्बन्धित संघ संस्थाका पदाधिकारी एवम् डिप्लोम्याट्सहरु पनि बेलायत तर्फ उडिसक्नु भएको छ ।’
वेलायतमा हुने यो अन्तराष्ट्रिय रेड कार्पेट प्रिमियरले नेपाली चलचित्रलाई विश्वमा चिनाउने र नेपाली चलचित्रको बजार विश्वव्यापी रुपमा विस्तार हुनेमा आफुहरु विश्वस्तरहेको पनि उनले बताएका छन् ।


‘बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चलचित्र गोर्खा वारियरको सफलताको लागि शुभकामना दिनु भएको छ भने हाम्रो चलचित्रको अन्तराष्ट्रिय प्रिमियरका लागि नेपाल तथा बेलायतमा रहेको विभिन्न संघ सँस्थाबाट धमाधम शुभकामना प्राप्त भएको छ । यो शुभकामनाले हामीलाई अझ धेरै हौसला थपेको छ र हामी नेपालीको शिर उच्च बनाउने अभियानमा सफल भईरहेका छौं ।’ निर्देशक चाम्सले भने । उनका अनुसार यो चलचित्रको सफलताको लागि नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज तथा बेलायतमा रहेको विभिन्न संघ संस्थाबाट सफलताको शुभकामना प्राप्त भएको छ ।
यो चलचित्र यही १० सेप्टेम्बर अर्थात २४ भदौमा बेलायतको समय अनुसार मध्यान्न १२ बजेबाट लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा प्रिमियर कार्यक्रम सुरु हुने भएको छ । प्रिमियरमा यसपटक हलिउडका सेलिब्रेटी देखि बेलायत तथा नेपालका सेलिब्रेटी समेत सहभागी हुँदैछन् । बेलायतका राजपरिवार, सरकारी तथा कुटनीतिक नियोगका विशिष्ट व्यक्तित्वहरु, ब्रिटिस सेनाका अफिसरहरु, त्यहाँ रहेका विभिन्न नेपाली नियोग तथा संघ संस्थाका पदाधिकारीहरु पनि रेड कार्पेट प्रिमियरमा विशिष्ट अतिथिका रुपमा सहभागी हुने भएका छन् । यो प्रिमियरको लागि लन्डानको महानगर प्रहरीले सुरक्षा दिने भएको छ ।
गोर्खा वारियरको ऐतिहाँसिक रेड कार्पेट प्रिमियरको सम्पूर्ण टिकेट गत साता नै बिक्री भईसकेको छ । अझै थुप्रै प्रिमियर शो बेलायतमा राख्नको लागि उच्च माग आएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । गोर्खा वारियर प्रिमियर तयारीको समाचारलाई कैयौं अन्तराष्ट्रिय सञ्चार माध्यमले उच्च महत्वका साथ प्रकाशन प्रशारण गरेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराएका छन् ।
 चलचित्र गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहाँसिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ । यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।
गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । 

Previous Post

सुरेश र रचनाले ल्याए  'अल्झिएको हुन्छु म' ( भिडियो )

Next Post

पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक

Next Post
पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक

पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal