Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘हिजो आजका कुरा’ को ‘ट्रेलर’ सार्वजनीक

रबिन राउत by रबिन राउत
२३ भाद्र २०७९, बिहीबार १८:२५
in भिडियो, मनोञ्जन
0
‘हिजो आजका कुरा’ को ‘ट्रेलर’ सार्वजनीक
8
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२२ भदौ ।
बरिष्ट अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर बुधबार सार्वजनीक भएको छ । साकार पन्त निर्देशीत चलचित्रको २ मिनेट ४५ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक जीवनमा आउने उतावचढाव,संघर्ष,जिम्मेवारी,कर्तब्य र वर्तमान समयको वास्तविकतालाई दर्शाइएको छ ।
राजधानीको आइप्लेक्स मलमा स्थित वान सिनेमामा प्रेसमिट गरि दर्शकमाझ ल्याएको ट्रेलर हाँसो तथा रोदनले भरिएको छ । कार्यक्रममा बरिष्ट अभिनेता सन्तोष पन्तले आफूले १२ बर्षसम्म टेलिभिजनमा संचालन गरेको लोकप्रिय टेलिश्रृंखला ‘हिजो आजका कुरा’ को साखलाई चलचित्रले अझ सशक्त रुपमा बिउँत्याउने बिश्वास ब्यक्त गरे । उनले चलचित्रमा धेरै कुराहरु समाबेश गरिएकाले सबैलाई हेर्न आग्रह गरे । अभिनेत्री रमा थपलियाले ‘हिजो आजका कुरा’ निकै मिहीनेत गरेर बनाइएकाले दर्शकले पुनः एकपटक ठूलो पर्दामा पनि उत्तिकै मन पराउने बताउदै बिसुद्ध नेपालीपनको चलचित्रलाई सबैले माया गर्नुपर्ने धारणा राखिन् ।
निर्देशक साकारले चलचित्र पारिवारिक कथामा निर्माण गरिएको जनाउदै आमदर्शकको माया पाउनेमा आफूहरु ढुक्क रहेको बताए । उनले कोभिड अघिनै प्रदर्शन हुनुपर्ने चलचित्र अब चाडपर्वको माहौलमा दर्शकमाझ ल्याउन लागेको जानकारी दिए । सेन्सरबोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त गरेको चलचित्र असोज २८ बाट देशभर प्रदर्शन हुदैछ ।


कार्यक्रम केही समयअघि युट्युवमा सार्वजनीक गरिएको ‘परदेश’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो । गीतले चलचित्रको कथाको बहावलाई अझ पेचिलो बनाएको निर्देशक साकारले बताए । कार्यक्रममा अभिनेत्री ऋचा शर्मा र रिमा बिश्वकर्माले आफूहरु ‘हिजो आजका कुरा’ को सदस्य बन्न पाउदा निकै खुशी लागेको बताए । ऋचाले बच्चा बेलामा धनगढीमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनमा हरेक शुक्रबार टेलिश्रृंखला ‘हिजो आजका कुरा’ हेरेको स्मरण गर्दै अहिले ठूलो पर्दामा सोही नाममा अभिनय गर्न पाउदा आफूलाई अत्यन्त भाग्यमानी ठानेको सुनाइन् । अभिनेता दिब्यदेवले ‘हिजो आजका कुरा’ मनोरञ्जनका साथमा सन्देशमुलक समेत रहेको बताउदै आफूले पाएको भूमिकामा न्याय दिने कोसिस गरेको दावी गरे ।

अभिनेत्री जेबिका कार्की र यसै चलचित्रबाट डेब्यु गरेकी अनुष्का अधिकारीले पनि आफूहरुको अभिनय यात्रामा ‘हिजो आजका कुरा’ बिशेष रहेको बताए । हाँस्य कलाकारको रुपमा परिचीत सविन श्रेष्ठले आफूहरुले निकै मिहीनेतका साथ काम गरेकाले दर्शकको मन जित्ने आशा ब्यक्त गरे ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन । चलचित्रको बितरण बिके फिल्मस् र एफडिले गर्दैछ ।


हेर्नुस् ट्रेलर–

Previous Post

चलचित्र मीलनको टिजर सार्वजनिक

Next Post

पवनदीप र अरुनिताको स्वरमा ‘घाम झैँ बलेकि’ ( भिडियो सहित )

Next Post
पवनदीप र अरुनिताको स्वरमा  ‘घाम झैँ बलेकि’  ( भिडियो सहित )

पवनदीप र अरुनिताको स्वरमा ‘घाम झैँ बलेकि’ ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal