Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्रकर्मीलाई राहत वितरण गर्न प्रदेश १ मा महासंघको ‘हातेमालो अभियान’ सुरु

रबिन राउत by रबिन राउत
२५ जेष्ठ २०७८, मंगलवार २१:१२
in प्रदेश नं १, मनोञ्जन
0
चलचित्रकर्मीलाई राहत वितरण गर्न प्रदेश १ मा महासंघको ‘हातेमालो अभियान’ सुरु
14
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

– सुवास संकल्प

ईटहरी/ कोरोना महामारीका कारण यतिबेला नेपालका सबै उधोग, कलकारखाना तथा व्यापारब्यवसाय ठप्प छ । पछिल्लो समय संक्रमीत र मृत्युदर घट्दै गएको छ । यसका कारण अन्य क्षेत्रमा जस्तै सिने क्षेत्र त झनै बढी प्रभावित भएको छ । जसमा पनि प्राविधिकहरु यस्को चपेटामा बढी मात्रामा छन् । काठमाडौमा प्राविधिक तथा कलाकारहरुलाई राहत बितरण प्रसस्तै मात्रामा भएपनी मोफसलमा भने त्यति नभएको अवस्था छ । चलचित्रका गतिविधि मोफसलमा कम भएपनि यससँग आबद्ध दर्जनौ प्राविधिकहरु छन् । आफ्नै ठाउमा रहेर कलाकारितामा संघर्ष गर्ने कलाकारहरू पनि धेरै नै छन् । खोज्दै जाने हो भने यी सबै कोरोनाका कारण समस्यामा नरहेपनी केहिलाई भने मोफसलमा पनि पिरोलिरहेको हुन्छ ।

यस्तै समस्यालाई हल गर्न भन्दै प्रदेश १ मा अभियान सुरु भएको छ । केही अघि चलचित्रकर्मी संघ प्रदेश १ ले समस्यामा परेका प्रदेश १ का केही प्राविधिक तथा कलाकारहरुलाई राहत बितरण गर्यो । संघले धरान, ईटहरी, बिराटनगर, दमक र बिर्तामोडमा रहेका प्राविधिक तथा कलाकारलाई खाद्यान्नसंगै मास्क, सेनिटाईजर बितरण गरिएको हो । यता, अझै पनि प्राविधिकहरुलाई राहतको खाचो छ । राहत लिदा खिचिने तस्विर र सामाजिक संजालमा त्यो तस्विर सार्बजनिक हुदा आफुलाई लज्जाबोध हुने हुदा पनि कतिपय कलाकार तथा प्राविधिक राहतको लागि अघि नबढेको हामिले पाएका छौ । सफलताका लागि संघर्ष गरिरहेका ती कलाकार तथा प्राविधिकहरुले राहत लिदै गरेका ती तस्वीरहरु समाजिक संजालमा आउदा पक्कै पनि केही न असर त पर्छ नै ।

यसै कुरालाई मध्यनजर गर्दै प्रदेश १ मै अर्को अभियान सुरु भएको छ । फ्रन्टलाईनमै रहेर प्रदेश १ को कलाकार तथा प्राविधिकको हकहित र प्रदेश १ लाई चलचित्रनगरी बनाउन लागीपरेको ‘नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १’ ले ‘हातेमालो अभियान’ सुरु गरेको हो । महासंघले सुरु गरेको यो अभियानमा प्रदेश १ बाट चलचित्र गतिविधिलाई समेट्ने एकमात्र न्युज पोर्टल डिथ्री अनलाइन, चलचित्र पत्रकार संघ, नेपाल, प्रदेश १ कार्यसमिति तथा सुनसरी शाखा, होप धरान लगायत सहयोगी सस्थाको रुपमा रहेको छ । हिजो सोमबारबाट सुरु भएको अभियानमा राहत आवस्यक भएका प्राविधिक, कलाकारको नाम संकलन भैरहेको छ ।

हालसम्म प्रदेश १ को बिर्तामोड, धरान, बिराटनगर, ईटहरि, ईनरुवा र दुहबीमा रहेका १ सय भन्दाबढिको नाम राहतको लागी संकलन भएको महासंघका उपाध्यक्ष प्रकाश सुब्बाले जानकारी गराए । नाम संकलनको कार्य उनैले गरिरहेका छन् । संकलन गरिएका नामहरुमा धेरैमात्रामा प्राविधिकहरु रहेका छन् भने कलाकारसंगै केही सहायक निर्देशकहरु पनि रहेका छन् । महासंघमा चलचित्रसंग सम्बन्धीत प्रदेश १ भरिका १५ ओटा संघ आवद्ध रहेका छन् । अहिले सबै संघबाट अन्य प्राविधिक तथा कलाकारहरुको नामवली आउनेक्रम जारी रहेको सुब्बाले बताए ।

महासंघका अध्यक्ष तथा यो अभियानका संयोजक अरुण कुमार प्रधानका अनुसार जति जनालाई राहत वितरण गरिन्छ, वहाहरु कसैको नाम, ठेगाना तथा तस्विरलाई सार्बजनिक गरिने छैन् । गोपनियता र प्राविधिक, कलाकारको आगामी भविष्यलाई पनि सामाजिक संजालमा ती तस्वीरलाई राख्दा असर गर्लाकी भन्ने हेतुले यस्तो निर्णय गरिएको प्रधानले बताए । उनले सहयोगी दाताहरुलाई पनि यस अभियानमा हातेमालो गर्न आग्रह गरेका छन् । सहयोग गर्न चाहनेले प्रधानलाई ९८४२०५४७७३ नम्बरमा सिधा सम्पर्क गर्न सकिने छ भने राहत आवस्यक परेका प्रदेश १ का प्राविधिकहरुले ९८५२०५५५२० मा प्रकाश सुब्बालाई र कलाकार तथा अन्य चलचित्रकर्मीहरुले ९८४२०५५४५५ मा दिनेश कोईरालालाई सम्पर्क गर्न सकिने छ ।

गतबर्ष पहिलो लहरको कोभिड हुदापनि समाजिक अभियन्ताको रुपमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १, व्हाईट हाउस होटल म्यनेजमेन्ट कलेज धरान तथा विभिन्न दाताहरुको सहयोगमा दुई हजार भन्दा बढीलाई राहत वितरण गरिएको थियो । साथै महासंघले सो बेला दस हजार भन्दाबढि माक्स समेत वितरण गरेको थियो । उक्त बेला महासंघको अभियानलाई बेलायतबाट ईनास युकेले पठाएको सयौ थान कपडाहरु धरान, ईटहरी, बिराटनगरका आश्रममा वितरण गर्नेदेखि घरवारविहीन सडक मानवलाई खाना खुवाउने जस्ता समाजिक काममा महासंघले सकृय रुपमा योगदान पुर्याएको थियो ।

Previous Post

नेपालले जोर्डनसँग ३-० गोलको हार ब्यहोरेको छ

Next Post

उसले त बिहे गर्यो भन्दै भाईरल बिजय पुनले थाम्न सकेनन्

Next Post
उसले त बिहे गर्यो भन्दै भाईरल बिजय पुनले थाम्न सकेनन्

उसले त बिहे गर्यो भन्दै भाईरल बिजय पुनले थाम्न सकेनन्

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal