Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लोकप्रियता बढाउदै कमेडी च्याम्पियन

रबिन राउत by रबिन राउत
२१ मंसिर २०७६, शनिबार ०९:५७
in भिडियो, मनोञ्जन, रोचक, समाचार
0
लोकप्रियता बढाउदै कमेडी च्याम्पियन
21
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी शोको क्रेज बढ्दो छ । गायनसंगै नेपाल भित्रिएका एडभेन्चरस शोले दर्शकको साथ पाउँदै टेलिभिजनको टीआरपी बढाउँन मदत गरिरहेका छन् । यसमा विदेशी शोको फ्रेनचाइज नै छन् । तर , पछिल्लो समय स्वदेशी कन्सेप्टमै तयार भएको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले दर्शकको माया पाइरहेको छ । शो प्रशारण भएसंगै यसको लोकप्रियता बढ्दो छ । कुनै विदेशी शो को फ्रेनचाइज नरहेको ‘कमेडी च्याम्पियन’ को युट्युबमा सार्वजनिक शोलाई दर्शकले रुचाएसंगै ट्रेन्डिङमा मात्र परेको छैन् , सार्वजनिक दुइ एपिसोडको भ्युज १० लाख बढी छ ।

स्वदेशी कन्सेप्टमै तयार शोले पाएको माया देखेर यतिबेला टिम हौसिएका छन् । शो कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको छ भने युट्युबमा कमेडी च्याम्पियनकै च्यानलमा उपलब्ध हुने गरेको छ । हालसम्म यसको ४ एपिसोड सार्वजनिक भएका छन् , जस मध्य १ र २ को भ्युज १० लाख बढी छ भने , ३ र ४ को पनि दुइ दिनमै क्रमश : ७ लाख र ५ लाख माथि छ ।‘दर्शकले दिनु भएको मायाले झनै दायित्व थपेको छ’ शो निर्देशक विशाल भण्डारी भन्छन् ,’क्वालिटीको कन्टेन दिने हो भने विदेशी शोको अधिकार महँगोमा खरिद गर्नै पर्दैन ।’

यसलाई कमेडी च्याम्पियनले पनि केहि हदसम्म प्रमाणित गरेको छ । यसैले गर्दा अघिल्ला शोमा देखिएको केहि कमीकमजोरीलाई दर्शक तथा शुभेच्छुककै सल्लाह अनुसार आउँदो एपिसोडबाट समाधान गर्ने प्रयास गरिएको समेत निर्देशक भण्डारीले बताएका छन् । शोमा निर्णायकको रुपमा वरिष्ठ हास्यकलाकार सन्तोष पन्त, कमेडियन मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहेका छन् । यतिबेला टप १५ छनौट भईसकेका छन् ।

अब भोटिङ मार्फत कमेडी च्याम्पियनको विजेता चयन हुनेछ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गरिरहेको छ । अभिनेत्री केकी अधिकारी , राज घिमिरे र सृजय थपलिया निर्माता रहेको शो विशाल भण्डारीको निर्देशनमा तयार भईरहेको छ । शोलाई पछिल्लो समय नेपाल आइडलको दुइ सिजन होस्ट गरेर चर्चामा आएकी रीमा विश्वकर्माले होस्ट गरिरहेकी छिन् । शोलाई रेडियो अडियोबाट पनि सुन्न सकिनेछ । वेलकम एड्भरटाईजीङको बजार व्यस्थापन रहेको शोको टेक्निकल पाटोलाई शन बिले हेरिरहेका छन् ।
भिडियो :-

भिडियो :-

Previous Post

महिला रेस्लर अस्मिता जुरेली अभिनित विजय थापाको 'ओ नारान' [भिडियो ]

Next Post

"द भ‍ोइस अफ नेपाल सिजन २ को सेटमा कुर्सी हानाहान किन यस्तो गरियो ? (भिडियो सहित )

Next Post
“द भ‍ोइस अफ नेपाल सिजन २ को सेटमा कुर्सी हानाहान किन यस्तो गरियो ? (भिडियो सहित )

"द भ‍ोइस अफ नेपाल सिजन २ को सेटमा कुर्सी हानाहान किन यस्तो गरियो ? (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal