Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल सम्पन्न

रबिन राउत by रबिन राउत
२१ असार २०८०, बिहीबार १९:४१
in समाचार
0
राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल सम्पन्न
3
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । चलचित्र विकास बोर्डले विहीवार बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय चलचित्र नीतिको मस्यौदा माथी छलफल तथा सुझाव संकलन गरेको हो ।
बोर्ड सदस्य के एल बुदाथोकीको संयोजकत्वमा तयार भएको राष्ट्रिय चलचित्र नीति–२०८० माथी चलचित्रसँग सम्बन्धित संघ संस्था र सरोकारवालाहरुबीच छलफल तथा सुझाव संकलन गरिएको हो । चलचित्र विकास बोर्डमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप–सचिव विशाल सापेकाट सदस्य सचिवको रुपमा आएपछि चलचित्र नीतिमा छलफल तथा सुझाव संकलन कार्यक्रम गरिएको हो ।


चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोर्डको संस्थापक अध्यक्ष तथा बरिष्ठ निर्देशक यादव खरेल, पूर्व अध्यक्ष कृष्ण मल्ल, अमरराज गिरी, निवर्तमान अध्यक्ष दयाराम दाहाल, बोर्ड सदस्य राजु केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल आदिवासी चलचित्रकर्मी महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवार, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान, संगीतकार संघका अध्यक्ष चेतन सापकोटा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीसहित बोर्डका कर्मचारी तथा अन्य सारोकारवाला प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


“२०२६ सालमा चलचित्र ऐन बनेको थियो । त्यसपछि दुई दशकपछि त्यसलाई आधार मानेर चलचित्र निर्माण, वितरण र प्रदर्शन कार्यविधि बनेको थियो । त्यहि अनुसार बोर्डले विभिन्न कार्यक्रम तर्जुमा गर्दै आईरहेको थियो । पछि बरिष्ठ निर्देशक यादव खरेलको संयोजकत्व तथा अमरराज गिरी, दयाराम दाहाललगायतको पहलमा राष्ट्रिय चलचित्र नीति–२०७१ निर्माण भएको थियो । मन्त्रीपरिषद्बाट पास भएर सो नीति अनुसार चलचित्र उद्योग अघि बढ्दै आएको छ । त्यसलाई परिमार्जन गर्न आवश्यक ठानिएर मस्यौदा नीति माथी सरोकारवालासँग छलफल र सुझाव संकलन गरिएको हो,” सदस्य सचिव बिशाल सापकोटाले भने ।


कार्यक्रममा प्रदेशमा पनि संस्थागत संरचना हुन सक्ने भएकोले नीति नबाँझिने गरि नेपाली चलचित्र क्षेत्रको बृहत्तर विकासमा निर्माण हुनुपर्ने भन्दै उपस्थित सबैले सुझाव पेश गरेका थिए । केही संस्था र उपस्थितले लिखित रुपमै सुझाव पेश गरेका थिए । यस्तै विदेशी चलचित्र वारे नेपाल सरकारको दृष्टिकोण कस्तो हुने र त्यसलाई कसरी नियमन गर्ने भने विषयमा समेत नीतिले स्पष्ट पार्नुपर्ने चलचित्रकर्मीहरुको भनाई थियो । बोर्डले ०७१ सालमा बनेको चलचित्र नीतिलाई पुनः संशोधन गर्न राष्ट्रिय चलचित्र नीति–२०८० मस्यौदा तयार गरेको हो । केही समयमा थप छलफल गरि पूर्ण मस्यौदा तयार गरि मन्त्रालय पठाउने र यथाशक्य मन्त्रीपरिषद्बाट पास गरि लागु गर्न विकास बोर्ड लागि पर्ने अध्यक्ष भुवन केसीले बताए । यस अघि चलचित्र ऐनको मस्यौदा तयार पारी मन्त्रालयमा बुझाईसकेको छ ।

Previous Post

मोबिन  र सुनिता फिचर्ड 'केही त बोली देउन' सार्वजनिक ( भिडियो )

Next Post

गायिका जया छन्त्यालको मुटु खाने भोमा फरक अवतारमा दुर्गेश थापा

Next Post
गायिका जया छन्त्यालको मुटु खाने भोमा फरक अवतारमा दुर्गेश थापा

गायिका जया छन्त्यालको मुटु खाने भोमा फरक अवतारमा दुर्गेश थापा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal