चलचित्र ‘कौसीद’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार भोला राज सापकोटा फिचर्ड छन । भोला राज सापकोटा पिँजडामा खरायो बोकेर धुलो टकटक्याउँदै गरेको टिजरमा हामी हेर्न सक्छौ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कौसीद’ लाई निर्देशक कुमार भाष्करले निर्देशन गरेका हुन । चलचित्रमा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई मुख्य भूमिकामा छन् । चलचित्रको निर्माता केदार भुसाल हुन् । चलचित्रमा कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सहनिर्माता लक्ष्मण बानियाँ रहेका छन् । निर्देशक भाष्करकै पटकथामा तयार भएको यो चलचित्रको कथा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले लेखेका हुन् । निसाल पौडेलको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङ र भीम विश्वकर्माको सम्पादन छ ।

>








Discussion about this post