काठमाडौँ। नेपालको पहिलो एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’ को होस्टमा अभिनेता अनुप बिक्रम शाही अनुबन्धित भएका छन्। डिएआर मुभिजको फर्म्याटमा निर्माण हुने शोमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा डिजिटल अडिसनबाट छानिएका अन्य प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ। यस शोका विजेताले नगद १५ लाख र कार प्राप्त गर्नेछन्।

फरक प्रकृतिको शोज पहिलो पटक एक साथ दुइ वटा टेलिभिजन मार्फत प्रशारणमा आउने भएको छ। नेपाल नेटवर्क टेलिभिजन र एपीवन टेलिभिजनबाट एक साथ प्रशारण हुने शोजको निर्माणमा ठुलो लगानी हुने डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए। ‘सेभेन डेज सुपर च्यालेन्ज’ को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो शोजको प्रशारण माघबाट गर्ने लक्ष्य राखिएको पनि धितालले जानकारी दिए।

>









Discussion about this post