Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पोखराबाट सार्वजनिक गरियो केकी र दीपेन्दको ‘सुनको महल’

रबिन राउत by रबिन राउत
१९ आश्विन २०७८, मंगलवार २१:०८
in भिडियो, मनोञ्जन
0
पोखराबाट सार्वजनिक गरियो केकी र दीपेन्दको ‘सुनको महल’
9
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

असोज १९, काठमाडौं । नेपाली गीतसंगीतका गायक, मोडल तथा सर्जक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो ।गीतमा दीपेन्द्र बुढा ठकुरीको स्वर रहेको छ भने भिडियोमा पनि मुख्य अभिनय गरेका छन् । यस्तै गीतमा संगीत र एरेन्जको काम अर्जुन थापाले गरेका छन् भने भिडियोमा निर्देशन पनि अर्जुन कै रहेको छ । कार्यक्रममा गायक दीपेन्द्रले गीतसंगीतमा पहिल्यै देखी रुचि भएपनि यस गीत आफ्नो पहिलो म्युजीक भिडियो भएको बताए । भिडियोमा हेलिकप्टर देखी मंहगा लोकेसनमा छायांकन गरेको देखिन्छ ।

यसै बिषयमा सञ्चारकर्मिहरुको प्रश्नमा निर्माता समेत रहेका दीपेन्द्र भन्छन्, ‘मैले यस भिडियोमा निर्माताको नजरबाट पनि कुनैपनि कमि हुन दिएको छैन । सकेसम्म राम्रो बनाउँ भनेर लागेका हौं । कस्तो लाग्छ दर्शकले भन्नुहुनेछ ।’ दीपेन्द्रका अनुसार भिडियो निर्माण देखी प्रमोशनसम्म गर्दा झण्डै १३ लाख खर्च भइसकेको छ ।  निर्देशक अर्जुनले पनि आफ्नो टिमले सक्दो मिहिनतका साथ काम गरेको बताए । राती अबेरसम्मको छायांकनमा पनि कलाकारसँगै प्राविधिक टिमको मिहिनतले भिडियो राम्रो बनेको अर्जुनले बताए ।

‘कलाकार र प्राविधिक दुबैको पाटो उत्तिकै महत्पुर्ण हुन्छ । सबैबाट एकदम खुसी छु ।’ अर्जुनले भने । ‘निर्माताको हिसाबबाट दीपेन्द्र जिले कुनै कम्प्रमाइज गर्नुभएको छैन र कलाकारहरुले पनि उत्तिकै मिहिनत गर्नुभएको छ ।’ भिडियोमा वरिष्ठ कलाकार निर शाह र लोकप्रिय नायिका केकी अधिकारीको पनि मुख्य अभिनय रहेको छ । भिडियोमा सुशिल डाँगीको छायांकन रहेको छ भने विवेक सुनारले सम्पादन गरेका हुन् । भिडियोको निर्मात्री मिना श्रेष्ठ हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा नायिका केकी स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट कुराकारी गराइएको थियो । भर्चुअल माध्यमबाट केकीले भिडियोमा काम गर्दाका अनुभव साटेकी थिइन् । साथै आफ्नो स्वास्थ्यमा समस्या आएकाले पोखरा उपस्थित हुन नसकेको पनि जानकारी गराइन् । उनले भनिन्, ‘कार्यक्रममा भौतिक रुपममै उपस्थित हुन मन थियो तर फिबर भएकाले आउन सकिन्, गीतको भिडियोमा हामी कलाकारसँगै प्राविधिक टिमले निकै मिहिनत गरेको छ, दर्शकलाई पक्कै मनपर्छ ।’ केकीले दीपेन्द्र र अर्जुनको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रमको गोपिकृष्ण चापागाईंले सहजीकरण गरेका थिए । भिडियो ओ.एस.आर. डिजिटलको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

Previous Post

प्रकाश र सुजिताको गीतमा पल र साक्षी ‘सोल्टा सोल्टीनी’ (भिडियो सहित)

Next Post

कुशल र बिष्णुको स्वरमा ‘आइन पियारी’ सार्वजनिक ( भिडियो )

Next Post
कुशल  र बिष्णुको स्वरमा ‘आइन पियारी’ सार्वजनिक ( भिडियो )

कुशल र बिष्णुको स्वरमा ‘आइन पियारी’ सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal