Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक, रङ्गमञ्च समीक्षामा अन्तरक्रिया

रबिन राउत by रबिन राउत
१८ मंसिर २०७९, आईतवार १६:२८
in कुराकानी, मनोञ्जन
0
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक, रङ्गमञ्च समीक्षामा अन्तरक्रिया
10
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) अन्त्यतिर आइपुगेको छ । नौ दिवसीय महोत्सवको आठौं दिन शुक्रबार भारत र अर्जेन्टिनाको नाटक तथा विविध कार्यक्रम हुँदैछ । 

शुक्रबार राजेश सिंह निर्देशित भारतको नाटक ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मञ्चन हुँदैछ । ९० मिनेट लामो नाटक युद्धको समयमा कुनै एकान्त ठाँउमा भेटिएका तीन व्यक्तिहरुको वरिपरि घुम्दछ । कथा अगाडि बढ्दै जाँदा, उनीहरुबीचको मतभेद र भिन्नताहरुले द्वन्द निम्त्याउँछ, फलस्वरुप उनीहरु शारीरिक हिंसामा उत्रन्छन् ।  ‘ब्ल्याकबोर्ड ल्याण्ड’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।

त्यस्तै साँझ ६ बजे कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदैछ । यो सांगितिक तथा शारिरीक शैलीको नाटकले सामाजिक परिवर्तनका अभियान र त्यसको गतिलाई प्रस्तुत गर्नेछ ।

किन चाहिन्छ रङ्गमञ्च समीक्षा ?

शुक्रबार प्यानल डिसकसनको विषयमा रङ्गमञ्चको समीक्षा रहेको छ । रङ्गमञ्चको समीक्षाको आवश्यकता, यसको प्रभाव, वर्तमान समीक्षा परिपाटी लगायतका विषयमा अन्तरक्रिया हुनेछ । रङ्गकर्मी र समीक्षकहरुबीचको अन्तरक्रिया कार्यक्रम दिउँसो १ बजे हुँदैछ ।

चौतारी नाटक र साङ्गितिक कविता

शुक्रबार नै नेपाल र भारतको कलाकारहरु मिलेर चौतारी नाटक ‘प्लेब्याक थिएटर’ पनि हुँदैछ । यसमा दर्शकहरुले आफ्ना जीवनमा भोगेका, देखेका वा सुनेका घटना र अनुभूतिलाई कलाकारमाझ सुनाउनेछन् । दर्शकले सुनाएका सन्दर्भलाई कलाकारहरुले तत्काल विभिन्न विधि प्रयोग गरेर नाटकीय स्वरुपमा ढालेर प्रस्तुत हुनेछन् ।

त्यस्तै साँघm ७ः३० बजे विभिन्न युवा कवि तथा संगीतवाधको कविता र संगीतको संगम हुनेछ । शुक्रबारै बिहान ८ बजेदेखि ‘सुजुकी एण्ड भिउप्वाइन्ट’ शीर्षकमा कार्यशाला सुरु भइसकेको छ ।

बिहिबार र के के भए ?

सातौं दिन बिहिबार मञ्चन भएको इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भनेको थियो । कम्बोडियाको कचहरी नाटक र त्यसको कार्यशाला पनि भएको थियो ।

त्यस्तै साँझ भएको ‘थिएटर शिक्षाः अवसर र चुनौती’ प्यानल डिसकसनकमा प्रा.डा. अभि सुवेदी, डा. शिव रिजाल, त्रिभुवन विश्वविद्यालयका मानविकी संकायका प्रमुख कुसुम शाक्य, पाठ्यक्रम विकासका खिलानाथ धमलाका साथ शिशिर उप्रतीले अन्तरक्रिया गरेको थियो ।

त्यस्तै मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । महोत्सव शनिबार समापन हुँदैछ ।

तस्वीरहरुः रिजन परियार/निटफेस्ट

#nitfest #nitfest2022 #theatrefestival #celebratingdiversity

Previous Post

‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ – निर्देशक शाही

Next Post

हिमाल सागरले ल्याए ए होर माया

Next Post
हिमाल सागरले ल्याए ए होर माया

हिमाल सागरले ल्याए ए होर माया

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal