Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘सतीदेवी’को ट्रेलर सार्वजनिक 

Nepalok by Nepalok
२० श्रावण २०८१, आईतवार १२:३१
in भिडियो, मनोञ्जन
0
‘सतीदेवी’को ट्रेलर सार्वजनिक 
3
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बरिष्ट पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको नयाँ सिनेमा ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा प्रेसमिट गरी तीन मिनेट लामो ट्रेलर प्रदर्शन गरिएको हो । छोरीबेटीको कथाब्यथामा निर्माण गरिएको सिनेमाको ट्रेलरमा महिला सशक्तीकरण,पारिवारिक उल्झन,सामाजीक सोच तथा छोरीहरुले आफ्नो बाबुआमाको खुशीका लागि गर्ने तपस्याको बिषय निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ अहिले बजारमा आएको भन्दा भिन्न र उत्कृष्ट सिनेमा भएको दाबी गरे । सिनेमाले महिलाको विषयमा समाजमा ब्यप्त गलत सोच र भ्रम चिर्न प्रभावकारी सन्देश दिने उनको भनाई छ । सुवेदीले आफूले समाजमा देखेका र भोगेका बिबिध घटना-प्रसंगहरुलाई सिनेमामा उतारेको सुनाए ।

सार्वजनिक ट्रेलरमा चार जना छोरी भएको एक परिवारको कथा देखाइएको छ। छोरा पाउने चाहनामा छोरीछोरी जन्मिएका अभिभावकले  समाज,छरछिमेक,आफन्तीबाटै पाउने अपहेलना,अवगाल तथा होच्याई र हेलाको प्रसंग निकै हृदयस्पर्शी रुपमा देखाइएको छ ।

कार्यक्रममा फिल्मकी शीर्ष अभिनेत्री मलिका महतले फिल्ममा आफ्नो सशक्त भुमिका रहेको बताउदै आफु यसअघि यत्तिको यथार्थ र मौलिक बिषयमा प्रस्तुत हुन नपाएको खुलासा गरिन । उनले यो एक फिल्म मात्र नभइ समाजमा छोरी,महिलामाथि हुँदै आएको अर्घेल्याई बिरुद्दको आवाज भएको जिकिर गरिन ।

सिनेमामा मलिकासँगै बालकलाकार द्वय हर्षिका वली र मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।

निर्देशक सुवेदीकै लेखन, गीत र निर्माण समेत रहेको फिल्म गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा श्रीदेवी सुवेदीले बनाएकी हुन् ।

भदौ ७ गतेदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामीण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको थियो ।

सिनेमाको छायांकन बाबु श्रेष्ठले गरेका हुन भने तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन छ । चलचित्रको वितरण काठमाडौँमा रिच इन्टरटेन्टमेन्ट र काठमाडौँ बाहिर एफडि कम्पनीले गर्नेछ।

Previous Post

‘जोगिन्दर’को ‘ठग– ठाग कम्पनी’मा राजनीतिदेखि कलाकारसम्म झटारो

Next Post

‘नमेटिने घाउ' को पोस्टर सार्वजनिक ,चलचित्रको पोस्टरमा प्रधानमन्त्री ओली

Next Post
‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक ,चलचित्रको पोस्टरमा प्रधानमन्त्री ओली

‘नमेटिने घाउ' को पोस्टर सार्वजनिक ,चलचित्रको पोस्टरमा प्रधानमन्त्री ओली

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal