Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

८ लोकस्रष्टालाई दियो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ‘सम्मानार्थ सदस्यता’

रबिन राउत by रबिन राउत
१९ असार २०८०, मंगलवार १९:१७
in समाचार
0
८ लोकस्रष्टालाई दियो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ‘सम्मानार्थ सदस्यता’
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ८ जना लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । सोमबार बिजी ब्याङ्क्वेट गंगबुमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मान सहित सदस्यता प्रदान गरेको हो ।
‘सम्मानार्थ सदस्यता’ प्राप्त गर्नेमा नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल रहेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पुर्व अध्यक्ष तथा संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोतम न्यौपाने, चन्द्र शर्मा, सल्लाहकार नारायण रायमाझी उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसि कोइराला, रमेश बाबु श्रेष्ठ, कृष्ण कडेल, राधाकृष्ण पाठक, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले सम्मान ‘सम्मानार्थ सदस्यता’ प्रदान गरे । गायिका हरिदेवी कोईराला अवस्थता र रामप्रसाद खनाल अमेरिकामा रहेकोले कार्यक्रममा सहभागी हुन सकेनन् ।


कार्यक्रममा सम्मानित गायक कुमार बस्नेत, शम्भु राई, प्रेमराज महत लगायतले सम्मानका लागि प्रतिष्ठानलाई धन्यवाद दिदै आफ्नै घर ठानेको प्रतिष्ठानमा औपचारिक रुपमै भित्रिन पाउदा खुसी मिलेको धारणा राखे ।
त्यस्तै प्रमुख अतिथि अम्बर विरही गुरुङले प्रतिष्ठानको बर्तमान कार्यसमितिले उल्लेख्य रचनात्मक काम गरेको र यसरी अग्रजलाई सम्मान गर्दै प्रतिष्ठानको ओझिलो परिवार बनाउन तल्लिन अध्यक्ष लगायत सिंगो कार्यसमितिलाई धन्यवाद दिए ।


पूर्व अध्यक्ष एवं संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, नारायण रायमाझीले प्रतिष्ठान र लोक गीतसंगीतको बिषयमा धारणा राखेका थिए ।
गायक कृष्ण गन्धर्व र प्रेमदेव गिरीले गीत गाएर खुसी व्यक्त गरेको कार्यक्रममा सम्मानार्थ सदस्यहरुको कालजयी गीत गायक गायिका पशुपति शर्मा, रामजी खांड, राधिका हमाल, कृष्ण रेउले, रमेशराज भट्टराई, पूर्णकला बिसी, शिरीष देवकोटा, जुना श्रीष, शान्ती श्री, रेशम निर्दोश लगायतले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रजको सम्मान हामीले नगरे कस्ले गर्ने भन्दै अग्रजको सम्मान बुवाआमा र भगवानको सम्मान भएको बताइन् ।


लोक तथा दोहोरीगीत प्रतिष्ठानका थुप्रै सदस्यहरुको उपस्थिती कार्यक्रममा रहेको थियो ।
लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ बितरण निर्णय प्रतिष्ठानले केही अगाडि कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले गरेको थियो ।
उक्त बैठमा प्रतिष्ठानले अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने निर्णय गरेको थियो । रायमाझीको सांगीतिक साँझ आगामी भदौं महिनामा आयोजना हुनेछ ।

Previous Post

टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक

Next Post

नेपालको पहिलो महिला टिभि च्यानल नारी टेलिभिजन एचडीले गर्‍यो आफ्नो प्रशारण प्रारम्भ

Next Post
नेपालको पहिलो महिला टिभि च्यानल  नारी टेलिभिजन एचडीले गर्‍यो  आफ्नो प्रशारण प्रारम्भ

नेपालको पहिलो महिला टिभि च्यानल नारी टेलिभिजन एचडीले गर्‍यो आफ्नो प्रशारण प्रारम्भ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal