काठमाडौँ। नेपाली कथानक चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ। ‘ठगराज’ रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया संगको सहकार्यमा दिलासा कृयसनको ब्यानरमा निर्माण हुनेछ। सामाजिक कथा बस्तुमा निर्माण हुने चलचित्रको रङ्ग पत्रकार तथा लेखक,निर्देशक लक्ष्मण सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन्।
चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य टिमको बारेमा केहि समय पछि जानकारी गराइने निर्देशक सुवेदीले बताए। चलचित्रको चैत्र अन्तिमबाट छायाँकन गर्ने निर्माण टिमको योजना रहेको छ। सामाजीक कथा, जीवनको यथार्थसंग नजीक, साथमा कमेडी, लभ र सेन्टीमेन्टको संयोजन रहेको निर्देशक सुवेदीले बताए।

>









Discussion about this post