नेपालगन्ज १७ कात्तिक । बाँकेको बिकटका रुपमा हेरिने राप्तीपारि नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ ।
लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल रुपान्तरण गर्ने योजना स्वीकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा प्रदेश तथा केन्द्रीय सरकारलाई अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभयो ।

उहाँले१५ श्ययाको अस्पताल बनेपछि नरैनापुरवासी उपचारका लागि नेपालगञ्ज र भारतीय शहरमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भयो । हाल लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमबीबीएस चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई भौतिक पूर्वाधार अभाव हुन नदिन सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । रु तीन करोड १९ लाखको लागतमा बनेको भवन स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
भवन निर्माणका लागि विसं २०६८ भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि आठ वर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको सङ्घीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका प्रमुख सुवास बस्नेतले बताउनु भयो ।

>










Discussion about this post