चलचित्र ‘हात्तीछाप’ को दुई वटा पोस्टर सार्वजनिक भएको छ् । एउटा पोस्टरमा सौगात मल्ल, उपासनासिंह ठकुरी र दयाहाङ राईलाई प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा यी तीन पात्रसहित बेनिशा हमाल, बुद्धि तामाङ, विल्सनविक्रम राई, विजय बराल फिचर्ड छन ।

चलचित्र ‘हात्तीछाप’ यही माघ २६ गते बाट प्रदर्शनमा आउँदै छ् । चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन भने पुष्कर गुरुङ र अमलादेवी राईको निर्माण रहेको छ् । रेडबर्ड फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माताको रुपमा सरोज नेपाली छन् । ‘२ नम्बरी’ मा पनि किरण नेपालीको सौगात, दयाहाङ र उपासना सँग सहकार्य रहेको थियो ।


>








Discussion about this post