तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनु भएका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आएका छन् ।
नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरीआफ्नो दर्शक श्रोताहरु माझ ल्याउन लागेका र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा ‘प्रोजेक्ट नजीक’ लिएर देश तथा विदेशमा बस्ने दर्शक, स्रोतामाझ आउने तयारीमा रहेका गायक बज्राचार्यले एउटा विशिष्ठ खण्डको पहिलो झलक स्वरूप एउटा नयाँ गीत ‘एक्लो’ हालै रिलिज गरेका छन् भने करिब २ महिनाको बिचमा अन्य गीतहरु पनि सार्वजनिक गरिनेछ ।
के हो त ‘प्रोजेक्ट नजीक’ ?
प्रोजेक्ट नजीक एउटा “डीजाइनिङ्ग शो” हो जसलाई ३ खण्डमा बाँडिएको छ।
१. स्पट लाइट इभेन्ट ( अनप्लग लाइभ )
यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिले सम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।
२. नजीक मोमेन्ट ( मिट एण्ड ग्रीट )
आफ्नो दर्शक श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समय संगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस गरिनेछ ।
३. इ डी एम सेसन (अपबिट कन्सर्ट )
अन्तिममा सधै झैं मुख्य कार्यक्रमको मज्जा लिदै नाच्न गाउन र रमाउनको लागि बिशेष तयार गरिएको नयाँ तथा पुराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन ।
प्रोजेक्ट नजीकको मुख्य उद्धेश्य भनेको नै पर्फर्मर र दर्शक बीच निकटता ल्याउनु रहेको गायक दीपक बज्राचार्यले बताए ।

>










Discussion about this post