१५ बर्ष अघी दुबैको बिहे भएको थियो । उनीहरूका १५ वर्षीय छोरा पनि छन्। एक विज्ञप्ति जारी अभिनेता आमिर खान र किरण रावले सम्बन्धविच्छेद गर्ने घोषणा गरेका छन्। विज्ञप्तिमा भनेका छन ‘हामीले यो १५ वर्षमा जीवनभरका खुसी, अनुभव एक अर्कामा बाँड्यौं। हाम्रो सम्बन्धमा विश्वास, सम्मान र प्रेम अझै छ। अब हामी जीवनको अर्को अध्याय सुरू गर्न चाहन्छौं। तर पति र पत्नी भएर होइन, आमा-बुवा भएर, परिवारको रूपमा।’
उनीहरूले आफूहरूले केही समय अघि नै अलग हुने तय गरेको र अहिले त्यसलाई औपचारिकता दिएको बताएका छन्।‘हामीले केही समय पहिला नै अलग हुने विचार गरिरहेका थियौं। अब यसलाई औपचारिकता दिँदैछौं। हामी हाम्रो छोरा आजादप्रति समर्पित छौं। उसलाई मिलेर पालनपोषण गर्नेछौं। हामी फिल्म, पानी फाउण्डेसन र अन्य परियोजनामा पनि सहकार्य गर्नेछौं’, उनीहरूले भनेका छन्।

>








Discussion about this post