Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विदेशमा बसेर पनि फिल्म निर्देशनमा सक्रिय डा. कपिल रिजाल (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२० बैशाख २०७८, सोमबार १८:२६
in प्रवास, भिडियो, मनोञ्जन, समाचार
0
विदेशमा बसेर पनि फिल्म निर्देशनमा  सक्रिय डा. कपिल रिजाल (भिडियो सहित)
23
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

विदेशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन्। तीमध्येका एक हुन् डा. कपिल रिजाल। रिजाल पेशाले दन्त चिकित्सक हुन्। तर फिल्म निर्देशनमा पनि उनी सक्रिय छन्। त्यो पनि अंग्रेजी फिल्म। साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आएका डा. कपिल रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेर आप्mनो पिताको पथ पछ्याएका छन्।

ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा फिल्म निर्माता, गायक एवं गीतकार डा. भोला रिजालका पुत्र डा कपिल रिजालले निर्देशन गरेको छोटो फिल्म कर्मा ः लाईफ इज ए बुम¥याङ, यु गेट ह्वाट यु गिभ हालै युट्युब च्यानलमार्पmत सार्वजनिक गरिएको छ। अंग्रेजी भाषामा तयार पारिएको फिल्म जस्तो कर्म ग¥यो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ। २६ वर्षदेखि लण्डनमा बसी आफुलाई सफल तथा लोकप्रिय दन्त चिकित्सकका रुपमा उभ्याउन सफल डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो।

डा. रिजालको घरेलु फिल्म निर्माण कम्पनी केआर प्रडक्सन, लण्डनको व्यानरमा निर्मित फिल्ममा उनले लण्डनवासी नेपालीका साथमा लण्डनका कलाकारहरुलाई अभिनय गराएका छन्। हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको फिल्ममा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक) मूख्य भूमिकामा छन् भने लण्डनकी डेली एलन नायिका रहेकी छिन्। उनीहरुका साथमा सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गरेका छन्।

सम्पूूर्ण छायांकन कार्य लण्डनमा गरिएको फिल्मको पोष्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको छ। सस्पेन्स थ्रिलर फिल्ममा कथा डा. कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन्। स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको फिल्ममा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्म ११ मिनेट २२ सेकेन्डको छ।

डा. रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड १९ को विषयमा एकल कलाकार लिएर गिल्ट नाम छोटो फिल्म बनाएका थिए भने २० वर्षअगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरुका साथ साइलेन्स सट फिल्म बनाएका थिए। डा. रिजालले आप्mना पिता डा. भोला रिजालका कारण रगतमै चिकित्सा क्षेत्र र फिल्म रहेकाले आफु पनि दुबै क्षेत्रमा सक्रिय भएको बताए।  ‘ब्लडमै डक्टरी पेशा र फिल्म छ, त्यसैले म यी दुबै क्षेत्रमा रमाईरहेको छु’ काम विशेषले हाल नेपालमा रहेका डा. रिजाल भन्छन्। डा. रिजालले नेपाल र लण्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसकेका छन्।

Previous Post

हेमन्तको 'सारंगी सँग' मा गायिका कृष्णा परियार (भिडियो)

Next Post

दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को टप ७ मा

Next Post
दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को टप ७ मा

दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को टप ७ मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal