जतीन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको सुख दुखः बोलको गीत सार्वजनिक भएको छ ।
हाँडी गाउँस्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा भएको एक कार्यक्रममा उक्त गीतको भिडियो प्रिमियर गरिएको थियो । कार्यक्रममा रेड हर्स प्रोड्क्सनका कानुनी सल्लाकार श्याम रोक्काले शुभकामना व्यक्त गरेका थिए । हाईलाइटस् नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा दिपक बराइली र मिङ्ग्मा लामाको स्वर रहेको छ ।
गीतको भिडियोमा एक अर्कालाई जीवन भरीनै साथ दिने प्रण गरेका दम्पतीको रमाइलो दृश्यहरु देखाइएको छ । गीत नेपालको पूर्वको मनोरम दृश्यहरुमा छायांकन गरिएको छ । गीतलाई शेखर देव घिमिरेले छायांकन गरेका छन् भने सम्पादन पनि घिमिरेकै रहेको छ ।
प्रमोद कार्की प्रोडक्सन हेड रहेको गीतमा मेकअप स्वस्तिका श्रेष्ठले गरेकी छिन् । आफ्नो भविष्य कस्तो बनाउने भन्ने दम्पतीका योजनाहरुलाई गीतकार रवि मल्लले गीत मार्फत शब्द रचना गरेर निकै लोभलाग्दो शब्द रचना गरेका छन् ।
रेड हर्स प्रोडक्सनका मेनेजर सुनिल क्षेत्रीले सबै टिम मेम्बरलाई खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नासाका प्रथम निर्वाचित अध्यक्ष, एटलान्टाका लागि नेपाल सरकारको प्रथम पर्यटन दुत राजा घले, गायक बिजय लामा, एस् .एस. पि चाँदनी घले, सिकिमका राजिनितिकर्मी सेखर सिवा, निर्माता राजेश घतानी, डाइरेक्टर बिभोर पोख्रेल, गायक सपन श्रेष्ठ र रवि गहतराज लगायतको उपस्थिति रहेको थियो ।

>









Discussion about this post