चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ असोज ७ गते प्रदर्शनमा आउने भएको छ् । ‘प्रेमगीत ३’ लाई जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले भारतभर रिलिज गर्न लागेका हुन् । हालै भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माण टिमले असोज ७ गते प्रदर्शन हुने जनाएका हुन् । भारतमा ‘प्रेमगीत ३’ लाई ‘विश्वजीतम्’ शीर्षकमा प्रदर्शन गर्ने तयारी थियो तर व्यावसायिक हिसाबले ‘प्रेमगीत ३’ मै चलचित्र प्रदर्शन गर्दा फाईदा हुने भए पछी शीर्षक ‘प्रेमगीत ३’ नै रहने भएको छ । साथै हलमा प्रदर्शन भएको आठ साता पछी अमेजन प्राइम भिडियोमा ‘प्रेमगीत ३’ रिलिज हुने छ् ।

निर्माताले महंगो मूल्यमा फिल्मको राइट भारतमा बेचेका हुन् । मधु इन्टटेनमेन्ट र यूएफओले फिल्मलाई नेपालबाहेक विश्वभर रिलिज समेत गर्नेछ । सेप्टेम्बर १ मा हिन्दी भाषा ट्रेलर समेत आउँदै छ् । प्रदीप खड्का,क्रिस्टिना गुरुङ,शिव श्रेष्ठ ,सुनील थापा , मनिष राउत लगायत कलाकारको मुख्य भूमिका रहेको छ् । चलचित्रलाई निर्माता सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

>









Discussion about this post