काठमाडौं– विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ ।
मनोजराज सिवकोटीको स्वरतथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ ।प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।
फरक शैलीका गीत मार्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल हुनु भएको छ ।गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो ।डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् ।उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।
उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् ।त्यस्तै उहाँका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् ।सयौं गीतका सर्जक डा. उपाध्यायका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।

>









Discussion about this post