अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको सिनेमा ‘साङ्लो’ युट्यबमा सार्वजनिक भएको छ । गत वर्ष माघमा प्रर्दशन भएको सिनेमा बिहिबार युट्यबमा सार्वजनिक गरिएको हो ।
विराजको डेब्यू निर्देशित सिनेमाले बक्सअफिसमा औसत व्यापार गरेको थियो । सिनेमा विराजसँगै अभिनेत्री निकिता चाण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरुको अभिनय छ ।
किड्नी तस्करीको कथालाई प्रस्तुत गरिएको सिनेमाको कथा शिवम अधिकारीले लेखेका हुन । यही सिनेमाबाट पूर्व मिस नेपाल निकिता चाण्डकले सिनेमामा डेब्यू गरेकी छन ।

>









Discussion about this post