खोटाङ्ग दिप्रुङ्ग चुइचुम्मा गाउँपालिका वडा नम्बर एक कि बिरामि दीक्षा राई लिम्बुले आर्थिक सहयोग पाउनु भएको छ।मोरङ्ग सुन्सरी सेवा समाजका तथा NRNA क्षेत्रीय समिती रियादका सचिव समेत रहेका सुजन सेर राइको पहलमा रकम संकलन गरि वहाँलाई हस्तान्तरण गरिएको हो।
रगतको समस्या देखिएपछि वहाँको मेजर अपरेसन गर्नुपर्ने देखिएको थियो तर आर्थिक अवस्था अवस्था कमजोर भएको र आफुले उपचार गर्न नसक्ने अवस्था रहेको भन्दै बिरामिका श्रीमानको आग्रहमा सुजन सेर राईले यो भन्दा अगाडिको समाचारमा सबैमा सहयोगको अपिल गर्नु भएको थियो।उक्त समाचार प्रकाशन पछि वहाँकै पहलमा संकलित ५१ हजार रुपैयाँ बिरामिलाइ हस्तान्तरण गरिएको हो।

श्रीमान साउदिमा रहेका र वहाँकै कमाइले परिवार चलाउदै आएका उनिहरु बिरामी भएपछि नोबेल मेडिकल कलेज बिराटनगर आएर उपचार गर्दै थिए। तर त्यहाँको रिपोर्ट र रगतमा समस्या भएको डाक्टरको सल्लाह अनुसार २ वटा मेजर अपरेसन गर्नुपर्ने र धेरै पैसा लाग्ने भनेपछि पैसाको अभावको कारण अस्पतालबाट डिस्चार्ज भएका थिए।तर बिरामिको अवस्था झनै नाजुक भएपछि काठमाडौको सिभिल अस्पतालमा उपचार को लागि भर्ना गराएका थिए।तर त्यहाँ पनि खर्चकै अभाव भएपछि सहयोगको आव्हान गरिएको थियो।सहयोगको आव्हान पछि सहयोगिहरुबाट संकलन गरि उक्त हस्तान्तरण गरिएको हो।
अहिले वहाँको काठमाडौ सिभिल अस्पतालमा उपचाररत हुनुहुन्छ।सुजन सेर राई र बिरामिका श्रीमान रबिन राईले सहयोगी सबैलाई धन्यवाद ज्ञापन समेत गर्नु भएको छ।

>












Discussion about this post