अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘लक्ष्मी बम’ को नाम परिवर्तन भएको छ् । रिलिजको तयारीमा रहेको चलचित्रको नाम अब ‘लक्ष्मी’ मात्र भएको छ् । बम हाटाएको छ् । चलचित्रको नामको बिषयमा करणी सेनाले विरोध जनाएपछि नाम परिवर्तन गरिएको हो ।
हिन्दु समुदायको भावनामा ठेस पुर्याएको भन्दै करणी सेनाले विरोध जनाएको थियो ।
चलचित्रको निर्माण टिमलाई करणी सेनाले कानुनी सुचना समेत पठाएको थियो । भारतीय सेन्सर बोर्डसँगको सल्लाहमा निर्माताले नाम परिवर्तन गर्ने निर्णय गरेका हुन् । चलचित्रको नाम परिवर्तन गरेर यसको निर्माणपक्ष विरोधबाट बचेको छ ।
चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप निकै बढेको छ । तुसार इन्टरटेन्मेन्ट हाउस र सविना इन्टरटेन्मेन्टले यो चलचित्रको निर्माण गरेको हो । चलचित्रमा अक्षय कुमार र नायिका कियरा आडवाणीको मुख्य भूमिका छ ।

>









Discussion about this post