Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त

रबिन राउत by रबिन राउत
१० फाल्गुन २०७६, शनिबार १२:४८
in मनोञ्जन
0
चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त
36
SHARES
157
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो ।

कार्यविनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै शुक्रबार नै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको थियो । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त सम्पन्न गरेका हुन् । ‘गोर्खा पल्टन’देखि नै नारायण रायमाझीसँग लगातार सहकार्य गर्दै आएका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरेका अनुसार यस अघिका चलचित्रहरुको मुहूर्त पश्चात दक्षिणकालीमा पनि यसैगरी पूजा गरिंदै आएको थियो । ‘परदेशी–२’ मुभिज डटकमको व्यानरमा निर्माण हुने चौथो चलचित्र हो । यसअघि यस व्यानरमा ‘कोही मेरो’, गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण भईसकेका छन् ।

‘परदेशी’ चलचित्र निर्माण गरिसकेपछि परदेशका अरु धेरै कथा–व्यथा पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छटपटी भईरहेको बताउँदै ‘परदेशी-२’ यस्तै धेरै कथाहरु मध्येको एक कथा भएको कुरा चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी गराए । ‘हामीले सुरुदेखि नै चलचित्र समाजको दर्पण हो भन्दै आएका हौं र सकारात्मक परिवर्तनका लागि सन्देशमूलक चलचित्र निर्माण गरिरहेका छौं ।’ रायमाझी भन्छन् । उनका अनुसार ‘परदेशी-२’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो । नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको सङ्घर्षमय जीवनको कथा हो । बाध्यता या रहरले बिदेशिएका युवा र तिनका अभिभावकहरुले देखेको मीठो सपना अनि वास्तविक भोगाई र कठिनाईहरुको यथार्थ कथा हो । अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली ओराली र सिङ्गो देशको यादले सताएको कथा हो ।

नारायण रायमाझीद्वारा निर्देशित पहिलो चलचित्र ‘गोर्खा पल्टन’मा लाहुरे परिवारको बैभवताभित्रको कहालीलाग्दा पीडाहरुलाई यथार्थ रुपमा उजागर पारिएको थियो । जसको कथावस्तु र प्रस्तुति त सशक्त थियो नै, सङ्गीत पक्ष पनि सबल रहेकोले चलचित्र ऐतिहासिक रुपमा सफल भएको थियो । चलचित्रको लोकप्रियता यसरी चुलियो कि चालु रहेका हलले दर्शकको मागलाई धान्न नसकेपछि धेरै ठाउँमा बर्षौंदेखि बन्द रहेका सिनेमा हल पुनः सञ्चालनमा आएका थिए भने मुश्किलले १–२ शो मात्र चलिरहेका कतिपय हलमा चार शोसम्म चलेको थियो ।

यसैगरी रायमाझीको दोस्रो चलचित्र ‘परदेशी’ले भारतीय नाकाबन्दीका बाबजुद, अझ भनौं अधिकांश नेपालीहरुको चुलोमा आगो बल्न बन्द भएको अवस्थामा पनि अकल्पनीय सफलता हासिल गरेको थियो । दर्शकमा चलचित्र हेर्ने व्यग्रता यस्तो आश्चर्यलाग्दो थियो कि ! पहिलो दिन १२ बजेदेखि शो राखिएको भएपनि बिहानैदेखि दर्शक लाइनमा बसेपछि बाध्य भएर प्राविधिक प्रक्रिया पुर्‍याई शो चालु गर्नु परेको थियो । सङ्ख्यात्मक हिसाबले थोरै चलचित्र भएपनि गुणात्मक कामको कारणले गर्दा ठूलो लोकप्रियता हासिल गरेका रायमाझीको ‘परदेशी-२’ लाई सिङ्गो सिने नगरीले यतिबेला निक्कै चासोको साथमा नियालिरहेको छ । विगतको ख्याति र दर्शकको उच्च अपेक्षाबीच रायमाझीको यो यात्रा निक्कै संवेदनशील लाग्दछ । चलचित्रका निर्माता राजेश वंशल भन्छन्- ‘परदेशी २, के गाउँ के शहर घर घरको कथा हो । परदेशले नेपालीहरुलाई सुख र सम्मृद्धि मात्र दिएको छैन, त्यसभित्र पनि अनेक प्रकारका पीडाहरु छन् । यही सुख-दुःख, सफलता-असफलता र त्यससँग जोडिएको उतारचढावको कथा नै ‘परदेशी २’ हो । स्क्रिप्टमा नारायण दाइले पाँच बर्ष मेहेनत गर्नुभएको छ । गोर्खा पल्टन र परदेशी जस्तै यो चलचित्रले पनि दर्शकको अपार माया पाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’

मुभिज डटकमको व्यानरमा निर्माण हुन लागेको ‘परदेशी-२’ मा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने छ । प्रसिद्ध गीतकार समेत रहेका रमेश बि. जी.को कथा प्रसिद्ध गीतकार समेत रहेका रमेश बि. जी.को कथा /पटकथा, निर्देशक रायमाझीको पटकथा र संवाद रहेको यस चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत रहने छ भने प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिने छन् । चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मान कृष्ण महर्जनले चलचित्र खिच्ने छन् । पोखरा, पाल्पा, काठमाडौं, भारतको गोरखपुर र अमेरिकामा छायाङ्कन हुने यो चलचित्रको लगभग दुई महिनामा सम्पूर्ण छायाङ्कन सकिने अनुमान गरिएको छ ।

Previous Post

रामकुमार नेपालीको नयाँ लोक गीत सार्वजनिक (भिडियो)

Next Post

आयुष्मानले गरे प्रियंका को नक्ल

Next Post
आयुष्मानले गरे प्रियंका को नक्ल

आयुष्मानले गरे प्रियंका को नक्ल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal