Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्वर्णिम र निनिमाले हात पारे “सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को उपाधि (फोटो सहित)

रबिन राउत by रबिन राउत
६ फाल्गुन २०७६, मंगलवार ०७:५९
in प्रदेश नं १, मनोञ्जन
0
स्वर्णिम र निनिमाले हात पारे “सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को उपाधि (फोटो सहित)
155
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ एल एन्ड सि मोडल एजेन्सीको आयोजनामा भएको “सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६” को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ । फाईनल कार्यक्रमबाट प्रीन्स तर्फ ईटहरीका स्वर्णिम कार्की बिजेता भए भने एन्जल तर्फ धरानकी निनिमा खवाङ लिम्बुले बिजेताको ताज पहिरिन सफल भईन । यस्तै प्रीन्स तर्फ फर्स्ट रनरअप अतुल गौतम र सेकेन्ड रनरअप प्रनबमान स्थापित भए ।


ईटहरी स्थित उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रमको एन्जल तर्फ भने फर्स्ट रनरअप सिजासु भन्डारी र सेकेन्ड रनरअप समता विश्वकर्मा भईन । ईटहरी र धरानको अडिसनबाट फाईनलका लागि २६ प्रतिष्पर्धी छानिएका थिए ।

बिजेता प्रीन्स एन्ड एन्जललाई २५ / २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप प्रीन्स एन्ड एन्जललाई १५ / १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप प्रीन्स एन्ड एन्जललाई १० / १० हजार नगद र अन्य उपहार प्राप्त गरेका छन् । कार्यक्रममा सव-टाईटल पनि प्रदान गरिएको थियो । एन्जल तर्फ सव-टाईटल मध्ये महत्त्वपूर्ण टाईटल मल्टिमिडिया अवार्ड समता विश्वकर्माले हात पारिन् भने बेस्ट स्माईल मुस्कान तामाङ, बेस्ट फोटोजेनिक प्रसंशा श्रेष्ठ, बेस्ट क्याटवाल्क अन्लिशा संकर, बेस्ट डिसिप्लेनको अवार्ड हिमानी चौधरीले हात पारिन् । यस्तै एन्जल तर्फ नै बेस्ट ट्यालेन्टको अवार्ड मुस्कान तामाङले हात पारिन भने बेस्ट ब्युटिफुल समता विश्वकर्मा, पब्लिक च्वाईस सुभानी चौधरी, मिस हस्पिटालिटी निनिमा खवाङ लिम्बू र बेस्ट फिगरको अवार्ड मुस्कान तामाङले हात पार्न सफल भईन ।

यता प्रीन्स तर्फबाट पब्लिक च्वाईसको अवार्ड अतुल गौतमले हात पारे भने मल्टिमिडिया अवार्ड स्वर्णिम कार्की, बेस्ट स्माईल अनिकेत सिकर्मी, बेस्ट फोटोजेनिक अतुल गौतम, बेस्ट र्याम्प वाल्क प्रनबमान स्थापित, बेस्ट डिसिप्लेन जेनिश कठेत, बेस्ट ट्यालेण्ट प्रनबमान स्थापित, बेस्ट ह्यान्डसम अनिकेत सिकर्मी, बेस्ट हस्पिटालिटी अतुल गौतम र बेस्ट फिजिक्सको अवार्ड स्वर्णिम कार्कीले हात पारे ।

कार्यक्रममा झनै रौनकता थप्नको लागि सहभागीहरुको आमाबुवाले पनि स्टेजमा र्याम्प गरेका थिए भने प्रतिष्पर्धीहरुको तालिम अबधिमा आमाबुवाले छोराछोरीको हेरचारको आधारमा २ जनालाई ‘सुपर मम-ड्याड’ को उपाधिले पनि सम्मान गरिएको थियो । जसमा सुपर मम सरस्वति श्रेष्ठ लिम्बु र सुपर ड्याड देबी प्रसाद रिजाल भएका थिए । सहभागीहरुलाई २२ दिन विभिन्न तालिमहरु प्रदान संगै र्याम्प वल्कको बिशेष तालिम दिइएको थियो ।

कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका थिए भने फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका थिए । फाईनल कार्यक्रममा ईटहरी, धरान, झुम्का लगायतका झन्डै ५०० उपस्थित रहेका थिए । आयोजक कम्पनीका सिईओ दिपक गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश १ कि उप-सभामुख सरस्वति पोख्रेल प्रमुख अतिथीको रुपमा रहेकी थिइन् ।

निर्णायकको रुपमा भने बराह ज्वलरीका सिएओ गङा कालिकोटे, मोडल तथा निर्देशक दिनेश कोइराला, प्राज्ञ राम धामी, होटल गजुर प्यालेस धरानकी सिओओ रन्जना झा र प्रमुख निर्णायकको रुपमा मिस लुमिनियर ईन्टरनेसनल वर्ल्ड २०१९ मा मिस ग्ल्यामरको उपाधी हात पारेकी सिम्रन श्रेष्ठ रहेका थिए ।

साझ करिब ६ बजेदेखि सुरु भएको कार्यक्रम १२ बजे समापन भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा चर्चित बेली डान्सर बिनु साक्य, जादुगर महादेव त्रिपाठी र संसारकै होचो व्यक्तिको रुपमा वर्ल्ड रेकर्डको लागि अन्तिम तयारिमा रहेका मनोज बिक रहेका थिए । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट रुबिना श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी, डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका थिए ।

पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा र ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ, प्रभा अधिकारि, कला, जुनु श्रेष्ठ, सर्मिला दाहाल र निष्मा क्षेत्री रहेका थिए । कार्यक्रममा साईनिङ्ग स्टार डान्स एकेडेमीको बिसेष डान्स र बिबेक नेपालिले गीत ताएर मनोरंजन प्रदान गरेका थिए ।

Previous Post

दोश्रो राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन फारम खुल्ला

Next Post

‘धुलो’ को ट्रेलरमा रिक्सावालाको पीडा ( हेर्नुस् ट्रेलर )

Next Post
‘धुलो’ को ट्रेलरमा रिक्सावालाको पीडा  (  हेर्नुस् ट्रेलर )

‘धुलो’ को ट्रेलरमा रिक्सावालाको पीडा ( हेर्नुस् ट्रेलर )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal