नेपालगन्ज २६ कार्तिक । बाँकेको खजुरा गाउँपालिका ३ का ६४ वर्षिय बुद्धि सिंजाली मगरको टाउकोमा टाउको जत्रै ट्युमर पलाएको छ । २१ वर्ष पहिले सानो पलाएको ट्युमर विस्तारै बढ्दै गएपछि १५ वर्ष अघि टाउको जत्रै भएको हो । ट्युमर पलाएको ६÷७ वर्ष पछि अस्पतालमा चेकजाँचको लागी जानुभएपनि हाल सम्म उनको उपचार हुन सकेको छैन ।

आर्थिक रुपले कमजोर परिवारका सिंजाली मगरले रोग पालेर बस्नु परेको छ । उनलाई हिडडुल गर्न मुस्किल छ । उनले राम्रो हुने भए उपचार गर्न मन लागेको बताए । ट्युमर पिडित सिंजालीले आफ्नो उपचारको लागि सहयोग गरीदिन सबैमा अपिल समेत गरेका छन । उनको उपचारमा सहयोग गर्न उनको मोबाइल नम्बर ९८२२४५५६३७ मा फोन गर्न सकिने छ । अथवा मिडिया मार्फत सहयोग गर्न चाहनुहुनेले ९८५८०३२१८२ मा सम्पर्क गर्न सकिने सिंजालीले जानकारी दिए । ट्युमर पिडित बुद्धि सिंजाली मगर सगं गरिएको कुराकानी सहितको भिडियो हेर्नुस् ।

>








Discussion about this post