...
Wednesday, October 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

परदेशमा पनि दशैंको रौनक: दमाममा नेपालीले लगाए टीका, साटे शुभकामना

अन्जान गुभाजु by अन्जान गुभाजु
October 25, 2026
in प्रवास, फोटो फिचर, समाचार
0
परदेशमा पनि दशैंको रौनक: दमाममा नेपालीले लगाए टीका, साटे शुभकामना
12
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

दमाम, साउदी अरब | दमाम। रोजगारीका लागि आफ्नो जन्मभूमि छाडेर साउदी अरबमा रहेका नेपालीहरूले परदेशमै नेपाली संस्कृति, परम्परा र चाडपर्वको मौलिकता जोगाउँदै दशैं मनाएका छन्। यसैक्रममा इभेन्ट म्यानेजमेन्ट ग्रुप, जुबेलको आयोजनामा साउदी अरबको पूर्वी क्षेत्रमा पर्ने अल सफुवा फार्म हाउस रिसोर्टमा दशैंको शुभकामना आदानप्रदान तथा विजयादशमीको टीका–जमरा ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव राजेन्द्र अर्याल र आईसीसी सदस्य रविना अर्यालको हातबाट सहभागी तथा आमन्त्रित व्यक्तिहरूले विजयादशमीको टीका ग्रहण गरेका थिए। कार्यक्रममा साउदी अरबमा सक्रिय विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सदस्य तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको ग्रुपका सक्रिय सदस्य तेजु श्रेष्ठले जानकारी दिए।

परदेशको व्यस्त कार्यतालिका, कामको जिम्मेवारी र पारिवारिक दूरीका बीच पनि नेपाली चाडपर्वलाई सामूहिक रूपमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। स्वदेशमा परिवारसँग बसेर दशैं मनाउन नपाएका नेपालीहरूका लागि यस्ता कार्यक्रमले आफन्तजनको सम्झना, आत्मीयता र नेपालीपनको अनुभूति गराउने सहभागीहरूको विश्वास छ।

इभेन्ट म्यानेजमेन्ट ग्रुपले विगतदेखि नै वार्षिक रूपमा दशैंको टीका कार्यक्रम आयोजना गर्दै आएको छ। परदेशमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्नुका साथै नेपाली कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

साउदी अरबको विभिन्न शहरको विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले आफ्नो काम र अनुकूलताअनुसार टीकाको दिन वा अन्य उपयुक्त समयमा परिवार, आफन्त तथा साथीभाइसँग टीका–जमरा लगाएर दशैं मनाइरहेका छन्। रोजगारीका कारण घरपरिवारबाट टाढा रहनुपरे पनि सामूहिक भेटघाट र शुभकामना आदानप्रदानले उनीहरूमा चाडपर्वको उत्साह थपेको छ।

परदेशमा श्रम र पसिनासँगै नेपाली संस्कृति र परम्परालाई समेत जीवन्त राख्दै आएका नेपाली समुदायका यस्ता गतिविधिले विदेशमा नेपाली पहिचान र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

विजयादशमीको अवसरमा साउदी अरब तथा विश्वका विभिन्न देशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना

तस्बिर फिचर : दमाममा आयोजित दशैंको शुभकामना आदानप्रदान तथा टीका–जमरा ग्रहण कार्यक्रमका झलकहरू

Previous Post

धरानको एजेन्डा हार्यो भने धरान हार्छ’: खानेपानीदेखि स्मार्ट सिटीसम्मको खाकासहित महेश श्रेष्ठ मैदानमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal