दमाम, साउदी अरबसाउदी अरबको पूर्वी क्षेत्र दमामस्थित ‘सलम बल्हामिर प्लास्टिक फ्याक्ट्री’ (Salem Balhamer Plastic Factory Co. Ltd.) मा कार्यरत नेपाली तथा अन्य विभिन्न मुलुकका श्रमिकहरूले नेपालका बाढीपीडितका लागि १ लाख ६१ हजार ८ सय रुपैयाँ सहयोग रकम पठाएका छन्।
गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पुगेको ठूलो क्षतिलाई मध्यनजर गर्दै कम्पनीमा कार्यरत श्रमिकहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन्।
सोही कम्पनीमा कार्यरत रमेश गिरी र शान्तीराम कटुवालको समन्वयमा संकलित उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको छ।

संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको ‘Prime Minister Disaster Relief Fund’ को खातामा एकमुष्ट जम्मा गरिएको र यसले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहयोगी श्रमिकहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन नेपाल सरकारसँग आग्रह गरेका छन्।


>







Discussion about this post