रियाद, साउदी अरब । नेपालमा भदौ १० गते आएको भीषण प्राकृतिक विपत्तिबाट रसुवाको भोटेकोशी तथा आसपासका विभिन्न क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति तमु धिँ नेपाल प्रवास शाखा, क्षेत्रीय समिति साउदी अरब रियादले गहिरो दुःख व्यक्त गरेको छ।
समितिले विपत्तिमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घटनामा परी घाइते तथा बेपत्ता भएकाहरूको शीघ्र उद्धार, उपचार तथा सकुशल पुनरागमनको कामना गरेको छ।

विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले समितिले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४ लाख ३६ हजार ५८८ सहयोग रकम जम्मा गरेको जनाएको छ।
समितिका अनुसार उक्त सहयोग रकम प्राकृतिक विपत्तिबाट पीडितहरूको दुःखमा केही राहत पुगोस् भन्ने मानवीय भावनाका साथ संकलन गरी कोषमा जम्मा गरिएको हो।

तमु धिँ नेपाल प्रवास शाखा, क्षेत्रीय समिति रियादले देश विपत्तिमा परेको यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नसमेत हार्दिक अपिल गरेको छ।

>








Discussion about this post