Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाढीपीडितका लागि एनआरएनए साउदीद्वारा १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग

अन्जान गुभाजु by अन्जान गुभाजु
२२ भाद्र २०८३, सोमबार १९:२२
in प्रवास, समाचार, समाज
0
बाढीपीडितका लागि एनआरएनए साउदीद्वारा १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरब — नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् साउदी अरबले १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग गरेको छ।

एनआरएनए साउदी अरबका अनुसार बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपत्तिको समयमा साउदी अरबमा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यक्ति तथा शुभेच्छुकहरूबाट संकलन गरिएको रकम प्रधानमन्त्री राहत कोष र एनआरएनए आकस्मिक राहत कोषमा जम्मा गरिएको हो।

एनआरएनए साउदी अरबले सहयोग अभियानमा आर्थिक तथा नैतिक रूपमा साथ दिने सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, व्यवसायी, समाजसेवी तथा शुभचिन्तकप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।संघले सहयोग रकमभन्दा पनि विपत्तिमा देखाइएको सद्भाव, मानवीय संवेदना र नेपाली–नेपालीबीचको एकता महत्वपूर्ण रहेको जनाएको छ।

यस्तो सहयोगले बाढीपीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि ठूलो हौसला पुग्ने विश्वाससमेत व्यक्त गरिएको छ।

यसैबीच, बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति एनआरएनए साउदी अरबले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित परिवारहरूको सुरक्षित तथा सम्मानजनक पुनर्स्थापनाका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ।एनआरएनए साउदी अरबका प्रवक्ता महेश घिमिरेले आगामी दिनमा पनि विपत्तिमा परेका नेपालीहरूको सहयोग र मानवीय सेवाका लागि निरन्तर साथ र सहकार्यको अपेक्षा गरिएको बताएका छन्।

Previous Post

साउदीस्थित नेपाली दूतावासमा भदौ २२ गते शोक सभा हुने

Next Post

लिटिल मास्टर एण्ड मिस इटहरीको उपाधि हर्षिल र युनिशालाई, जुनियरतर्फ काव्याश्री विजेता

Next Post
लिटिल मास्टर एण्ड मिस इटहरीको उपाधि हर्षिल र युनिशालाई, जुनियरतर्फ काव्याश्री विजेता

लिटिल मास्टर एण्ड मिस इटहरीको उपाधि हर्षिल र युनिशालाई, जुनियरतर्फ काव्याश्री विजेता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal