Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘मिसेस पुर्बेलि आइकन सिजन २’को ट्यालेन्ट राउण्ड सम्पन्न, फाइनल असोज २५ गते

रबिन राउत by रबिन राउत
९ आश्विन २०८२, बिहीबार १९:३७
in प्रदेश नं १, मनोञ्जन, समाचार
0
‘मिसेस पुर्बेलि आइकन सिजन २’को ट्यालेन्ट राउण्ड सम्पन्न, फाइनल असोज २५ गते
5
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ विवाहित महिलाहरूलाई प्रतिभा र सौन्दर्यसँगै सशक्तीकरणको प्लेटफर्म दिने उद्देश्यले सुरु गरिएको ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । फाइनलमा प्रवेश गरेका ११ प्रतिस्पर्धीले आ–आफ्नो कला प्रस्तुत गर्दै दर्शक र निर्णायकलाई प्रभावित पारे । प्रतिष्पर्धी सीमा लकान्द्रि, समिता राई, अर्चना सिटौला र सिता पुरीले नृत्य प्रस्तुत गरे भने रइशा चौधरीले थारु नृत्य प्रस्तुत गरिन् । परिना राईले ‘आमा’ शीर्षकको कविता वाचन गरिन् भने उर्मिला मगरले जेनजी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कविता प्रस्तुत गरिन् ।

यस्तै मेघा खड्काले राष्ट्रिय गीतमा नृत्य गरिन् भने कविना पोख्रेलले गायन कला प्रस्तुत गरिन् । सृजना लिम्बूले जोक्स प्रस्तुत गरिन् भने आयोशा कुँवरले विभिन्न परिकार बनाएर आफ्नो कला देखाइन् । कार्यक्रमको अन्त्यतिर निर्णायक गायिका गंगा गौतमले आफ्नै गीत प्रस्तुत गरेर प्रतिस्पर्धीहरूलाई झुमाएकी थिइन् । निर्णायक मण्डलमा डान्स कोरियोग्राफर वसन्त बस्नेत, ओपन स्पेस प्रालिकी सिइओ सजिना श्रेष्ठ, इटहरी जेसिसका पूर्व अध्यक्ष योगेन्द्र पौडेल र गायिका गंगा गौतम रहेका थिए । ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको प्रतियोगिताको कोरियोग्राफर शुभेक्षा कार्की हुन् ।

निर्देशक सरोज श्रेष्ठका अनुसार, फाइनलिस्टहरूलाई सौन्दर्यता, ज्ञानवर्धन र र्याम्प वाकसम्बन्धी तालिम दिइँदैछ । आयोजकले प्रतियोगितालाई सौन्दर्य प्रदर्शन मात्र नभई महिला सशक्तीकरणको एउटा महत्वपूर्ण माध्यमको रूपमा अघि बढाउन खोजिएको बताए । ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको ग्राण्ड फिनाले यही असोज २५ गते इटहरीमै हुनेछ । विजेताले १ लाख रुपैयाँ बराबरका विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

Previous Post

समिक्षा अधिकारी र अशोक अर्यालको स्वरमा “आयो दशैं” सार्वजनिक

Next Post

आनन्द राज बज्राचार्यले ल्याए नयाँ गीत “एई ! एउटा कुरा सुनन”

Next Post
आनन्द राज बज्राचार्यले ल्याए नयाँ गीत “एई ! एउटा कुरा सुनन”

आनन्द राज बज्राचार्यले ल्याए नयाँ गीत “एई ! एउटा कुरा सुनन”

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal