ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनु प्रसाईले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरिन्। बाल्यकालदेखि नै गायनमा रुचि राख्ने जुनु प्रसाईको स्वरमा नेपालीपन मात्र होइन, परिश्रम र प्रतिभाको मिठास पनि झल्किन्छ।
हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी पेशागत कारणले कतारमा रहेकी छन्। त्यहीँबाट उनले आफ्नो सांगीतिक यात्रा जारी राख्दै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा सहभागिता जनाएकी छन्।
विद्यालयदेखि सुरु भएको यात्रा
गायिका प्रसाई विद्यालयका विभिन्न कार्यक्रमहरूमा गीत गाउने गर्थिन् र स्थानीय गायन प्रतियोगिताहरूमा सक्रिय रूपमा सहभागी हुन्थिन्। त्यही अनुभव र लगावले आज उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउँदै अघि बढिरहेकी छन्।
विश्वभरका नेपाली प्रतिभालाई एकै मंचमा जोड्ने अभियान
नेपाल टेलिभिजनबाट प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता हो, जसमा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाहरूले सहभागिता जनाएका छन्। अडिसन राउण्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको थियो। कतार अडिसनमार्फत गायिका प्रसाई छनोट भई अहिले फाइनल राउण्डसम्म आइपुगेकी छन्।
यो कार्यक्रमले नेपाली गीत, संगीत र संस्कृतिलाई विश्वभर छरिएका नेपाली माझ फैलाउने उद्देश्य राखेको छ। फाइनल चरणमा ३२ एपिसोड हुनेछन्, जहाँ उत्कृष्ट प्रतिभा खोजिनेछ।
जुनु प्रसाईको अपिल
गायिका प्रसाई भन्छिन्:
“म हाल कतारमा कार्यरत छु। गायनमार्फत कतारमा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को भोटिङ राउण्डसम्म आइपुगेकी छु। अबको राउण्डमा तपाईंहरूको एक भोटले ठूलो अर्थ राख्नेछ। तपाईंहरूको माया, साथ र समर्थनको अपेक्षा गरेकी छु।”
भोट गर्ने तरिका
गायिका जुनु प्रसाईलाई भोट गर्नका लागि:
मोबाइलको म्यासेज बक्समा गएर MVU 06 टाइप गरी 37000 मा पठाउनुहोस्, वा
My Intra एप डाउनलोड गरी उनीको प्रोफाइलमा क्लिक गरेर भोट गर्न सकिन्छ।

लोकप्रिय गायिका
जुनु प्रसाईका थुप्रै गीत र म्युजिक भिडियोहरू नेपाली साङ्गीतिक बजारमा लोकप्रिय छन्। उनको स्वर, प्रस्तुतिको सौन्दर्य र भावपूर्ण गायनशैलीले दर्शक-श्रोताको मन जित्न सफल भएको छ।
विदेशमा रहेर पनि नेपाली संगीतको सेवा गर्दै आइरहेकी उनीजस्ता कलाकारहरू साँच्चिकै नेपाली कला-संस्कृतिका प्रतिनिधि हुन्।

>










Discussion about this post