Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘सतीदेवी’ को टिजरले रुवायो दर्शक

Nepalok by Nepalok
२ असार २०८१, शनिबार १८:४५
in भिडियो, मनोञ्जन
0
‘सतीदेवी’ को टिजरले रुवायो दर्शक
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२८ जेठ ।
फस्र्टलुक पोस्टरबाटै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ को हालै टिजर सार्वजनीक गरियो । बिभिन्न महोत्सवमा सर्वाेत्कृष्ट फिल्म,निर्देशक,स्क्रिप्ट अनि अभिनेत्रीको अवार्ड जितिसकेको ‘सतीदेवी’ को टिजरले अहिले सर्वत्र तारिफ पाइरहेको छ । साढे २ मिनेट लामो टिजरमा छोरीहरु मात्रै जन्मिदा समाजले हेर्ने दृष्टिकोण,अभिभावकले गर्ने भेदभाव तथा छोरीहरुले आफ्नो परिवारका लागि उठाउने जोखिमको बिषयलाई इंगीत गरिएको छ ।
निर्देशक लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको शीर्ष भूमिकामा मलिका महत छिन् । उनको साथमा फिल्ममा दुई बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँ,कुलबहादुर अधिकारी,सृजना अधिकारी,रमेश बुढाथोकी,भोलाराज सापकोटा,सन्दिपबाबु लोहनी,सुजिता शिबाकोटी,सन्देश लिम्बू,मनिषा सापकोटालगायत थुप्रै कलाकारको अभिनय छ ।
ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको टिजरमा समाबेश ‘यो जुनी त यस्तै भयो,अर्काे जुनी दिन्छौं भने हे इश्वर मलाई छोरा बनाइदिउ,म मेरो बा–आमाको खुशी बन्न चाहन्छु’ भन्ने अभिनेत्री मलिकाको संवाद अहिले निकै चर्चामा छ । त्यसैगरी,टिजरको सुरुवातमै एक पुरुष कलाकारको माध्यमबाट सतीदेवीको परिचय दिइएको छ–‘नाम सतीदेवी अधिकारी । उमेर १९ । हुलिया–ज्याद्रै राम्री..आम्मामा..’ यो संवाद पनि युवामाझ चर्चित हुदै गइरहेको छ । त्यसैगरी,बालकलाकार हर्षिकाले रुदै रुखमा ढुंगा हान्दै बोलेको ‘यी ढुंगा हाम्रो बालाई कुट्ने कुकुरहरुको टाउकै टाउकोमा लागोस्’ भन्ने संवादले पनि दर्शकको मन छोएको छ । युटुयुव तथा फेसबुकमा ‘सतीदेवी’ को टिजरमा लगभग सतप्रतिशत सकारात्मक कमेन्ट आएका छन् । ती मध्ये अधिकांशले टिजरले भावुक बनाएको,रुवाएको,यो फिल्म हेर्नै पर्ने लिष्टमा राखेको प्रतिक्रिया जनाएका छन् ।


निर्देशक सुवेदी टिजरबाट पाइरहेको दर्शकको प्रतिक्रियाबाट आफू निकै उत्साहीत भएको बताउछन् । ‘जति पनि दर्शक,चलचित्रकर्मी,संचारकर्मी,आफन्तले टिजर हेर्नुभएको छ,अत्यन्तै सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ सुवेदी भन्छन्,‘फिल्म अत्यन्तै मार्मिक बिषयमा निर्माण गरेका छौ । टिजरमा समाबेश संवाद,दृश्यहरु प्रतिनिधी हुन । असार दोश्रो साता सार्वजनीक हुने ट्रेलरले अलि बिस्तृत कुरा खोल्नेछ । पूरा कथा बुझ्न,महसुस गर्न भने साउन ४ सम्म कुर्नै पर्छ ।’ लेखक तथा गीतकार समेत रहेका सुवेदीले ‘सतीदेवी’ छोरीहरुमा समर्पित फिल्म भएको बताउछन् । ‘हाम्रो समाजमा छोरा र छोरीमा हुने गरेको प्रतिनिधि घटनाहरुको प्राणयुक्त चित्र हो यो फिल्म,’ उनको भनाइ छ,‘यो एउटा चलचित्र मात्रै होइन, पृथ्वीमा मानव सभ्यता रहुँञ्जेल नमेटिने पितृसत्तात्मक सोचबिरुद्धको अवाज समेत हो ।’ फिल्मले छोरी मान्छेलाई सम्मानजनक जीवन जिउन प्रेरित गर्ने दावी उनको छ ।
दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँग सहकार्य गरेको फिल्मको निर्मातामा श्रीदेवी,बिशाल,दिलासा र सारा सुवेदी छन् । साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बितरण एफडी र रिच इन्टरटेन्मेन्ट गर्दैछ । साउन ४ मा एकल प्रदर्शनमा आउने यो फिल्म आमदर्शकको प्रतिक्षामा पर्न सफल भएको देखिन्छ ।

Previous Post

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन

Next Post

चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक छ – संयोजक ज्योतीराज राई

Next Post
चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक छ – संयोजक ज्योतीराज राई

चलचित्र निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक छ – संयोजक ज्योतीराज राई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal