Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘द रेड सुटकेस’ देशका चार दर्जन भन्दा बढी हलमा

Nepalok by Nepalok
३० चैत्र २०८०, शुक्रबार १२:१९
in मनोञ्जन
0
‘द रेड सुटकेस’ देशका चार दर्जन भन्दा बढी हलमा
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २९ चैत
यो वर्षको अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा सर्वाधिक चचासँगै आधादर्जन पुरस्कार जित्न सफल नेपाली चलचित्र ‘द रेड सुटकेस’ नेपालका सिनेमा हलमा यही ३० चैत शुक्रबारबाट रिलिज हुँदैछ । यो चलचित्र नेपालमा क्युएफएक्स चेनका सिनेमा घर बाहेक बाँकी सबै हलमा रिलिज हुने यसका निर्माता रामकृष्ण पोखरेलले जानकारी गराएका छन् ।
चलचित्रको बुधबारबाटै अग्रिम टिकट खुलेको हो । मँगलबार यो चलचित्रको काठमाडौंमा गरिएको प्रिमियरले द रेड सुटकेसको हाईप बढेको छ । धेरैले एउटा अनौठो र दुर्लभ शैलीको चलचित्रको रुपमा द रेट सुटकेसलाई प्रिमियरमा चर्चा गरेका थिए । अहिले यो चलचित्रले समीक्षकबाट राम्रो प्रतिक्रिया र साथ पाएको छ ।


यो चलचित्र काठमाडौं उपत्यकाको बिग मूभिज, आईएनआई सिनेमा लोत्सेमल, एफक्युव सिनेमा चावहिल, वान सिनेमा बानेश्वर, रञ्जना सिनेप्लेक्स, बिएसआर मूभिज गोँगबु, विश्वज्योति सिनेप्लेक्स, कृतिपुर सिनेप्लेक्स, सिके सिनेमाज सितापाईला, सिटीम्याक्स सिनेमा, वान सिनेमा कालिमाटी, इन्फिनिटी मूभिज गोँगबु, आईएनआई सिनेमा नयाँ बानेश्वर, सिडिसी सिनेमाज सुन्धारा, कमलविनायक सिनेमाज भक्तपुरमा शुक्रबारबाट प्रदर्शन हुने निर्माता रामकृष्णले जानकारी गराए । कुनै हलमा दुई कुनैमा एक र कुनैमा तीनवटा शो आफ्नो चलचित्रले पाएको पनि उनले जनाए ।
यस्तै काठमाडौं बाहिरका दुई दर्जन भन्दाबढी चलचित्र भवनबाट आफ्नो चलचित्र रिलिज हुने पनि निर्माता रामकृष्णले जानकारी गराए । विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृत समेत भएको चलचित्र द रेड सुटकेस नयाँ वर्षको अवसर पारेर दर्शकमाझ ल्याउन लागिएको पनि निर्माता रामकृष्णले बताए ।


चलचित्रको प्रदर्शनबारे यसका निर्देशक फिडेल देवकोटाले भने,‘नेपालका चार दर्जन भन्दा बढी सिनेमा घरबाट रिलिज हुने द रेड सुटकेसले अन्तराष्ट्रिय स्तरमा राम्रो सफलता हाँसिल गरेको छ र घरेलु दर्शकले पनि त्यत्तिकै साथ दिनुहुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’
यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका रहेको यो चलचित्रलाई युएफओ च्यानलले युरोपको लागि यसै साता खरिद गरेको छ भने अन्य देशमा पनि यसको विक्री वितरण भईरहेको छ । श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशक गरेका हुन् ।
यो चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।


गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो चलचित्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।

Previous Post

ट्राइलोजीमा प्रदिपको साईफाई-जोम्बी थ्रिलर सिनेमा, नाम राखियो 'एक्लो-१'

Next Post

हलमा ‘डिग्री माइला’ र ‘द रेड सुट्केस’

Next Post
हलमा  ‘डिग्री माइला’ र ‘द रेड सुट्केस’

हलमा ‘डिग्री माइला’ र ‘द रेड सुट्केस’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal