Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हेटौंडामा चलचित्र पत्रकार संघ नेपाल प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु

Nepalok by Nepalok
७ फाल्गुन २०८०, सोमबार १३:२४
in मनोञ्जन, समाचार
0
हेटौंडामा चलचित्र पत्रकार संघ नेपाल प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

हेटौडा । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट चार दिवसीय प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ । कार्यशालाको शुभारम्भ गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नेपालमा व्यावसायिक रुपमा चलचित्र पत्रकारिता फस्टाइरहेको देख्दा खुशी लागेको बताइन् । उनले हेटौडालाई छनोट गरेर राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशाला आयोजना गरेकोमा आभार व्यक्त गरिन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा चलचित्र र चलचित्र पत्रकारिताको सम्बन्ध अभिन्न रहेको भन्दै आगामी दिनमा यो सम्बन्धलाई अझ मजबुत बनाएर लैजानमा जोड दिए । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले देशभरका चलचित्र पत्रकारलाई चलचित्र र चलचित्र पत्रकारिताको वर्तमान अवस्थासँगै चलचित्र पर्यटन, विज्ञापन, बजारीकरणलगायतका विषयमा जानकारी दिन कार्यशाला गरिएको बताए । चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा चलचित्र पत्रकारिताको विगत र वर्तमानको अवस्थालाई कार्यपत्रमा प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा चलचित्र पत्रकारिताको पृष्ठभूमि, प्रारब्ध, रंग पत्रकारिताको वर्तमान अवस्था (पत्रपत्रिका, रेडियो÷एफएम, टेलिभिजन, अनलाइन÷डिजिल युग), चलचित्र पत्रकारिताको उद्देश्य र प्रभाव (चलचित्र पत्रकारिता र व्यावसायिक सम्बन्ध) विषयलाई समेटिएको छ । त्यस्तै कार्यपत्रमा चलचित्र पत्रकारिताको विद्यमान अवस्था), चलचित्र पत्रकारिताका चुनौती, चलचित्र पत्रकारितामा आकर्षण कि विकर्षण ?, चलचित्र पत्रकार संघको इतिहास र वर्तमान अवस्था र कार्यदिशालाई पनि उल्लेख गरिएको छ । कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले मिडिया हाउसले बिट पत्रकारिताका रुपमा चलचित्र पत्रकारितालाई स्वीकार्नु स्वागत योग्य भएको बतँए । उनले शान्तिप्रियले कार्यपत्रमा उल्लेख गरे जस्तो प्रिन्ट पत्रकारिताको अवसान भएको कुरा गलत भएको भन्दै त्यसलाई ‘डिजिटल रुपान्तरण’का रुपमा राख्न सुझाव दिए । ‘हाम्रो मिडिया अहिले फेसबुक, युट्युब तथा डिजिटल प्लेटफर्ममा गइसकेका छन् । त्यसकारण अहिले नै प्रिन्ट पत्रकारिताको अवसान भन्नु अलिक हतारो भयो कि ?’ उनले भने । बलले चलचित्र पत्रकारितामा व्यावसायिकता भनेको क्षमता अभिवृद्धिका रुपमा आफूले बुझेको बताए । ‘उहाँले चलचित्र पत्रकारितामा व्यावसायिकताको सवालमा विशेषत फाइदा र आर्थिक कुरालाई जोड दिनुभएको छ । तर मेरो बुझाईमा व्यावसायिकता भनेको क्षमता अभिवृद्धि हो । उहाँले कार्यपत्रमा यो कुरालाई अझ प्रष्ट खुलाइदिनुभएको भए राम्रो हुन्थ्यो’, उनले भने । त्यस्तै बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले ‘चलचित्र ऐन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनको कार्यपत्रमा छलफल गर्दै निर्माता तथा निर्देशक आकाश अधिकारीले कार्यपत्रमा प्रदेशको कथा विषयवस्तुलाई प्राथमिकता दिएजस्तै नेपालका कथालाई विषयवस्तुलाई पनि समेट्न सकेमा राम्रो हुने सुझाव दिए । उनले रोल्पा, डोल्पामा छायांकन हुने फिल्महरु बागमती प्रदेशमा सुटिङ गर्न आए भने पनि त्यसलाई सहुलियतको व्यवस्था हुनुपर्ने माग गरे । नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बनिसकेका फिल्म प्रदर्शनलाई सापकोटाले आफ्नो कार्यपत्रमा प्रस्तुत नगरेकोमा गुनासो गरे । उनले फिल्मको बजारको कुरा छुटेको र फिल्म हल सञ्चालनको विषयमा स्थान नदिएको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदेश र संघीय सरकारले बनाउने चलचित्र ऐन एकापसमा बाझ्ने किसिमको नहुनुपर्ने तर्क राखे । राष्ट्रिय भेलामा पत्रकार ध्रुव लम्सालले ‘नेपाली चलचित्र उद्योगको अवस्थाः हिजो आज र भोलि’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार विदुर गिरीले कार्यपत्र नभई टिपोट मात्र भएको बताए । उनले कार्यपत्रमा धेरै कुरा छुटेकाले कार्यपत्रमा मेहनत नदेखिएको उल्लेख गरे । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले फिल्म पर्यटनका बारेमा धेरै कुराकानी भए पनि यो विषयमा गहन छलफल हुनुपर्ने बताए । उनले चलचित्र पत्रकारिता धेरै पढिने विधा भएकाले यसलाई ठट्टाको रुपमा नलिन आग्रह गरे । ‘अब कन्टेन्टको विषयमा ध्यान दिनुपर्छ । चलचित्र पत्रकारितामार्फत चलचित्रको आयाम फेर्ने समय आएको छ । त्यसकारण चलचित्रका कन्टेन्ट लेख्दा यसको प्याटर्न चेन्ज गरौं । मर्यादित, विश्वसनीय र स्तरीय कन्टेन्ट बनाउनतिर ध्यन दिऔं’, उनले भने । ‘चलचित्र पत्रकारिता र आचारसंहिता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै फूलमान बलले चलचित्र पत्रकारिता गर्नेलाई चलचित्रबारे ज्ञाने हुनुपर्ने सुझाव दिए । ‘अहिले रहरमा आउने, बुम, क्यामरा बोकेर पत्रकारिता गर्नेलाई आचारसंहिताको केही थाहा छैन । भ्यूज पत्रकारिता बढ्यो’, फूलमानले गुनासो गरे । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले ‘क्लिन फिड र अनलाइन बजार व्यवस्थापन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Previous Post

हिमालसागररअन्नुको 'यहितहोनीमाया'माबिमलरगरिमाकोप्रेम

Next Post

सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस खाइरहने - चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल

Next Post
सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस खाइरहने – चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल

सेन्सर बोर्डका कारण चलचित्र विकास बोर्डले अपजस खाइरहने - चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal