Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मलेशियामा हुने भयो तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड

रबिन राउत by रबिन राउत
२२ भाद्र २०८०, शुक्रबार १९:०५
in मनोञ्जन
0
मलेशियामा हुने भयो तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २१ भदौ
तेश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड मलेशियामा हुने भएको छ । नेपाली गीत संगीत, चलचित्र तथा फेशनलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उदेश्य सहित यसपटक यो अवार्ड मलेशियामा आयोजना गर्न लागेको आयोजक संस्थाका अध्यक्ष एवम् चलचित्र÷म्युजिक भिडियो निर्देशक उमेश गुरुङले जानकारी गराएका छन् ।
मलेशियामा यो अवार्डको आयोजक टोलीको सल्लाकारमा पूर्ण सुब्बा योङहाङ रहेका छन् । अवार्डको मलेशिया आयोजक टिममा एनआरएन मेलेसिया युवा सँयोजक राजु तामाङ, पत्रकार इश्वर राई रहेका छन् । मलेशियाको जोहरबारुमा यो अवार्ड आगामी २६ कात्तिकमा लक्ष्मीपुजाको दिन हुने मलेशियाका अवार्ड आयोजक समितिका सल्लाहकार पूर्ण सुब्बा योङहाङले बताएका छन् । अवार्ड आयोजनाबारे योङहाङले भने,‘हामी बृहत रुपमा अवार्ड सम्पन्न गर्न जुटिरहेका छौं । दुई दिन भित्रै जोहरवारुमा अवार्ड आयोजक समिति गठन गरेर सो समिति एक्सनमा उत्रने छ ।’ अवार्ड समारोहमा मलेशियामा रहेर गीत संगीत, सामाजिक कार्य तथा विभिन्न क्षेत्रमा योगदान दिएका नेपालीहरुलाई पनि विशेष योगदान सम्मान गरिने समेत सल्लाहकार पूर्ण सुब्बा योङहाङले जानकारी गराए । मलेशियामा रहेका नेपालीहरुबीच तिहारको शुभकामना आदन प्रदान सहित यो अवार्ड गरिने पनि उनले बताए ।
यस्तै अर्का आयोजक राजु तामाङले मलेशियामा यस अघि लुकीचोरी अवार्ड हुने गरे पनि यसपटक आफुहरुले बैधानिक रुपमा यो अवार्ड आयोजना गरिने बताए । अर्का आयोजक इश्वर राईले अवार्डमा मलेशियामा रहेका प्रतिष्ठित नेपालीहरु अतिथिको रुपमा रहने र एनआरएन मलेशियाका पदाधिकारीको पनि अवार्ड आयोजना गर्नमा ठुलो साथ र सहयोग रहने बताएका छन् ।
यता काठमाडौंमा बिहिबार एस पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक पक्षले अवार्डबारे जानकारी दिएको छ । अवार्डका लागि बिहिबारबाटै फारम खुला गरिएको पनि आयोजक उमेश गुरुङले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । उनका अनुसार आगामी ११ असोजसम्म यो अवार्डमा सहभागी हुन चाहनेले फारम भरिसक्नु पर्ने छ । आगामी असोज १५ मा अवार्डको मनोनयन सार्वजनिक गरेर मनोनयनमा परेकाहरुका लागि मलेशिया जाने प्रकृया सुरुगर्ने पनि उनले जानकारी गराए ।
अवार्डको लागि यसपटक पनि गीत संगीत, चलचित्र, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाईने पनि गुरुङले जानकारी गराए । जसमा २०७९ साउनबाट २०८० भदौ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, चलचित्र, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका श्रष्टाहरुले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन् ।

Previous Post

पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक

Next Post

गायिका दिपा तामाङको 'मयूरको चालमा' बोलको गीत र भिडियो सार्वजनिक

Next Post
गायिका दिपा तामाङको ‘मयूरको चालमा’ बोलको गीत र भिडियो सार्वजनिक

गायिका दिपा तामाङको 'मयूरको चालमा' बोलको गीत र भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal