घोषणा भए देखी चर्चामा रहेको चलचित्र दिमाग खराबको टिजर सार्वजनिक भएको छ् । सार्वजनिक भएको टिजर मा चलचित्रका मुख्य कलाकारहरु फिचर्ड छन ।’जनता भर्सेस शक्ति’ को विषयवस्तुमा आधारित निर्माण भएको चलचित्रलाई निश्चल बस्नेतले निर्देशन गरेका हुन ।
मल्टिस्टारर कलाकारहरुको अभिनय रहेको चलचित्र दिमाग खराबमा दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, विजय बराल, सुमन कार्की, स्वस्तिमा खड्काको अभिनय छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा बनेको ‘दिमाग खराब’मा आकाश बरालको पटकथा, सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदै छ् चलचित्र ‘दिमाग खराब’ ।

>









Discussion about this post