काठमाडौं – गायक तथा संगीतकार अल्मोडा राना उप्रेती र गायिका सुरक्षा सेन्चुरीको युगल गायनमा समावेश ‘चारकुने रुमाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रदिप पोख्रेलको शब्दमा रहेको यस गीतलाई अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन्। गीतमा स्वयम गायक उप्रेतीको संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ। रंगीत बल्लव उप्रेतीकोको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको सहयोग रहेको यस गीतको भिडिलाई गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल ‘अल्मोडा राना उप्रेती’ मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले सबै दर्शक स्रोतालाई भिडियो हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
भिडियो लिंक:

>









Discussion about this post