लिम्बू समुदायमा रहेको जारीप्रथाको कथा निर्माण भएका चलचित्र ‘जारी’को ट्रेलर रिलिज भएको छ । ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । जारीमा दयाहाङ राई, मिरुना मगर र रोयदीपको शीर्ष भूमिका देखिएका छन ।
‘कबड्डी ४’पछि दयाहाङ राई र मिरुना मगर साथ देखिएका हुन तर यो चलचित्र ‘कबड्डी ४’ भन्दा अगाडिनै निर्माण भएको चलचित्र हो । वैशाख १ गतेदेखि चलचित्र प्रदर्शनमा आउँदै छ ।

>








Discussion about this post