Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड सङ्गीतकार रोशन वान्तवा राईलाई

रबिन राउत by रबिन राउत
२२ भाद्र २०७९, बुधबार १३:१२
in मनोञ्जन
0
‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड  सङ्गीतकार रोशन वान्तवा राईलाई
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

सङ्गीतकार रोशन वान्तवा राईले ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गर्नुभएको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा सङ्गीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी दिनुभएको थियो ।

पत्रकारले सोधेको प्रश्नमा उहाँले अनलाइन प्रक्रियामार्फत आफू सो अवार्डको प्रक्रियामा सामेल भएको र प्राप्त गर्न सफल भएको बताउनुभएको थियो । उहाँले यस अवार्डले आफूमात्र नभएर देशलाई चिनाउने काम गरेको दाबी गर्नुभयो ।

यसरी अवार्ड प्राप्त गरेर नेपालकै गौरव बढाएको भन्दै अतिथिहरूले उहाँलाई बधाई तथा शुभकामना दिएका थिए । वरिष्ठ कलाकार उत्तम केसीले रोशनले आफ्नोसँगै देशकै नाम रोशन गरेको बताउँदै उहाँले गीत सङ्गीतमार्फत गरेका कार्यको प्रशंसा गर्नुभयो । ‘एउटा नेपाली सर्जकले अन्तर्राष्ट्रियस्तरमा आफ्ना सिर्जनामार्फत देशकै गौरव बढाउनु हामी सबैका लागि विशेष गौरवको कुरा हो, यस्ता कार्यले उहाँको मात्र नभएर देशकै मान सम्मान बढाउने गर्दछ’, उहाँले भन्नुभयो ।

यस्तै, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गीत सङ्गीतमार्फत कुनै एक नेपालीले अन्तर्राष्ट्रियस्तरको अवार्ड प्राप्त गर्नुभनेको सम्पूर्ण नेपाली सङ्गीतकारलाई गौरवको विषय भएको भन्दै यसले गीत सङ्गीतमा लाग्ने सबै स्रष्ट्राको मान सम्मान बढाएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘रोशनजीका कार्यले गीतसङ्गीत क्षेत्रमा लाग्ने सबै स्रष्टालाई गौरवान्ति तुल्याएको छ, उहाँ यसका लागि बधाईका पात्र हुनुहुन्छ, नेपाली गीतसङ्गीत क्षेत्र अन्तर्राष्ट्रियस्तरमा सम्मानित हुनु आफैँमा धेरै ठूलो उपलब्धि हो ।’

त्यसैगरी प्रमुख अतिथि विशिष्ट गायिका राणाले नेपाली गीतसङ्गीत अब्बल रहेको र नेपाली स्रष्टा पनि विश्वमा अन्य स्रष्टाभन्दा कम नभएको रोशनका कार्यले पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोशनजीले नेपाली गीतसङ्गीतको रोशन गर्ने जुन कार्य गर्नुभयो त्यो आफैंमा अति प्रशंसनीय कार्य हो, यस्ता कार्यले अन्य स्रष्टामा थप उत्साह थप्ने कार्य गर्दछ’, उहाँले अगाडि भन्नुभयो, रोशनजीका कार्यको यस अवार्डले कदर गरेको छ, यसका लागि उहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।’ सञ्चारकर्मी गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा साहित्य तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पाँचथरको मिक्लाजुङ-५ मा स्थायी घर भई राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत् धेरैको मन जित्न सफल रोशनका ६ सयभन्दा बढी सिर्जना सार्वजनिक भएका छन् । नेपाली साङ्गीतिक क्षेत्रमा २२ वर्षदेखि उत्कृष्ट सिर्जना पस्किरहनुभएका राईका गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन् ।

उहाँका ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’ लगायत गीत लोकप्रिय रहेका छन् । सङ्गीत विद्यालय खोलेर गति सङ्गीतको श्रीवृद्धिमा निरन्तर लागिरहनुभएका राईले आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धीरज राईलगायत चर्चित कलाकारलाई संगीत प्रशिक्षण दिनुभएको छ । तस्बिर : सुरेन्द्र थापा ।

Previous Post

स्व. जयनन्द लामाको अन्तिम फिल्म भनिएको 'अभियान'को प्रिमियर शो हाउसफुल

Next Post

दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव 'दसैँ फेस्ट' आयोजना हुँदै

Next Post
दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव ‘दसैँ फेस्ट’ आयोजना हुँदै

दशरथ रङ्गशालामा साङ्गीतिक महोत्सव 'दसैँ फेस्ट' आयोजना हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal