Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्व. जयनन्द लामाको अन्तिम फिल्म भनिएको ‘अभियान’को प्रिमियर शो हाउसफुल

रबिन राउत by रबिन राउत
२२ भाद्र २०७९, बुधबार १२:५६
in प्रदेश नं १, मनोञ्जन
0
स्व. जयनन्द लामाको अन्तिम फिल्म भनिएको ‘अभियान’को  प्रिमियर शो हाउसफुल
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिएको छ । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म ‘अभियान’ को भदौको १८ गते अर्थात आज शनिबार इटहरीमा अवस्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गरिएको हो । फिल्मको प्रिमियर शो अघि औपचारिक कार्यक्रम पनि गरिएको थियो । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राइको प्रमुख आतिथ्यता तथा प्रदेश १ सांसद सर्वध्वज सावा र आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राममान्डुप राईको बिशिष्ट आतिथ्यता रहेको थियो । शो अघिको औपचारिक कार्यक्रममा सहयोगी तथा फिल्मका कलाकारहरूलाई सम्मानपत्र वितरण गरिएको थियो । उपस्थित प्रायःले फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

दिनको २:३० बजेदेखि सुरु भएको औपचारिक कार्यक्रम र प्रिमियर शो मा दर्शकको भिडले हल हाउसफुल भएको थियो । धेरै दर्शकले शिट अपाएर भुइँमै बसेर फिल्म हेर्न बाध्य थिए । मदन बहादुर राइ प्रस्तुतकर्ता रहेको फिल्मका लेखक, निर्माता तथा निर्देशक लाखमान योन्जत तामाङ हुन् । ५५ लाख लगानी लागेको फिल्ममा स्व. जयनन्द लामाका साथमा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्माता तथा निर्देशक तामाङका अनुसर अब यहि भदौको २५ गते तरहरामा र असोज १० गते काठमाडौको जमलमा प्रिमियर शो गरिने फाइनल भएको जानकारी गराए । फिल्म प्रदर्शनको मिति तय नभैसके पनि १६ वर्ष भन्दा मुनिका दर्शकले अभिभावकको साथ हेर्नू पर्ने भन्दै सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट पाएको छ । फिल्मको यसअघि एक ट्रेलर र पोस्टर इटहरीमा एक पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको थियो । यस्तै फिल्मको केही साताअघि क्यारेक्टर पोस्टरहरु समेत सार्बजनिक भैसकेको छ । स्व. जयनन्द लामालाई फ्रेममा राख्दै फिल्मका मुख्य कलाकारहरुको क्यारेक्टर पोस्टरहरु सार्बजनिक गरिएको हो ।

मैना घिसिङ निर्माता रहेको फिल्ममा २ ओटा गीत समावेश गरिएको छ । जसको शब्दहरू पनि निर्देशक लामाले नै लेखेका हुन् भने गीतमा दिपा लामा, जोनि तामाङ, सुरज रौनियारको स्वर रहेको छ । संगीत तथा एरेन्ज कुन्दन राई र जोनि तामाङको रहेको छ । राजेश लेप्चाको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई सुमन तामाङले छायांकन गरेका हुन् । कोशी भिजनमै पोस्ट प्रोडक्सन गरिएको चलचित्र अभियानलाई हेमन तामाङले सम्पादन गरेका हुन् ।

Previous Post

चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत सार्वजनीक

Next Post

‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड सङ्गीतकार रोशन वान्तवा राईलाई

Next Post
‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड  सङ्गीतकार रोशन वान्तवा राईलाई

‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड सङ्गीतकार रोशन वान्तवा राईलाई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal