Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बलिउडका नेपाली ज्वाई गोबिन्दा सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा

रबिन राउत by रबिन राउत
१३ भाद्र २०७९, सोमबार १४:५२
in मनोञ्जन
0
बलिउडका नेपाली ज्वाई गोबिन्दा सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

रियलमी प्रिजेंट्स सुपर डान्सर नेपाल यतिबेला टेलिभिजन तथा युट्युब मार्फत प्रसारण भईरहेको छ । फिजिकल तथा डिजिटल अडिसन अनि मेगा अडिसन हुदै हाल ग्राण्ड प्रिमियरको तयारी भई रहेको सुपर डान्सर नेपाल भारतको सोनी टिभीको सबैभन्दा सफल पारिवारिक एबं बालबालिका लक्षित् शो सुपर डान्सरको आधिकारिक नेपाली भर्सन हो। अडिसन अनि मेगा अडिसनका एपिसोडहरु प्रसारणमा आए संगै यो शो को चर्चा चुलिएको छ। जसबाट अन्य शोहरु देशमा नचलिरहेको तथा लक् डाउन पछि ठप्प झैँ रहेको मनोरन्जन क्षेत्रमा नयाँ आशा समेत पलाएको छ।

रियलमी प्रिजेंट्स सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरमा चर्चित भारतीय अभिनेता तथा नेपालको ज्वाई भनेर समेत चिनिएका गोबिन्दा आहुजा बिशेष अतिथिको रुपमा देखिदैछन्।  उनि संगै नेपाली चेली (उनको श्रीमती) सुनिता समेत शो मा देखिदै छिन। बलिउडका सुपरस्टार अभिनेता गोबिन्दा आफ्नो फरक शैली अनि नृत्यकलाका कारण परिचित छन्, उनका थुप्रै सिनेमा सफल त् छन् नै हरेक सिनेमामा उनले देखाउने डान्सका कारणले समेत उनि सबै माझ थप चर्चित छन्।  

यसै बीच सुपर डान्सर नेपालमा आबद्ध बिभिन्न ब्राण्डसंग सम्बन्धित अधिकारीहरु र गोबिन्दा दम्पती बीच छलफल र आगामी कार्यक्रमबारे योजना सम्बधी ”मिट एण्ड ग्रिट विथ गोबिन्दा” कार्यक्रमको आयोजना गरियो।  राजधानीमा आइतबार आयोजित उक्त  ”मिट एण्ड ग्रिट” समारोहमा सुपर डान्सर नेपालको अहिलेसम्मको प्रगति अनि शोलाई अझै उत्कृष्ट बनाउन के कसो गर्न सकिन्छ भन्ने बारे समेत छलफल भएको अयोजक संस्था एडी रिलिजले जानकारी दिएको छ। शो उत्पादनका क्रममा गुणस्तरीय कार्यक्रम निर्माणमा कुनै कसुर बाकि नराख्ने समेत एडी रिलिजले प्रतिबद्धता जनाएको छ। यो शो हर हिसाबले राम्रो बनाउन यसको प्रस्तुती, कोरियोग्राफी, जजमेन्ट तथा अन्य प्राबिधिक पाटोमा समेत कुनै सम्झौता नगरिएको आयोजकको दावी छ।

उता गोबिन्दा दम्पतीले समेत आफु यो शोलाई लिएर उत्साहित रहेको र आगामी दिनमा समेत यस्ता उत्कृष्ट नेपाली शोमा आफुहरुको उपस्थिती रहने कुरामा समेत आफुहरु प्रतिबद्ध रहेको जनाए। नेपाली चेली र ज्वाईको उपमा पाउदा आफुहरुलाई गर्व हुने साथै ज्वाई र चेलीलाई माइतीले सम्झिएर निम्ता दिए आफुहरु पक्कै आउने समेत उनहरुले बताए।

सुपर डान्सर नेपालमा आबद्ध ब्राण्डका प्रतिनिधी/ अधिकारीहरुले शोको प्रोडक्सन भ्यालु उच्चस्थरिय रहेको र यसमा संलग्न हुन पाउदा खुशी व्यक्त गर्दै शोको सफलताको शुभकामना समेत दिए । उक्त कार्यक्रममा सुपर डान्सर नेपालका प्रायोजक ब्राण्डहरु रियल मि नेपालका कन्ट्री हेड मुनिष गिरी, डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य , जगदम्दा मोटर्सका सीईयो दिपक अग्रवाल, डाबर नेपालका हेड अफ मार्केटिंग अभय गोर्खाली, सुर्य नेपालका असिस्टेन्ट म्यानेजर नबिन सरोज लगायतका बिशिष्ठ अतिथिहरुको उपस्थिती रहेको थियो।  उनिहरुले कार्यक्रमको सुरुवाती चर्चा र सफलता देखेर खुशी रहेको बताए।  

कार्यक्रमलाई सम्बोधन गर्दै एडी रिलिजका अध्यक्ष हरिशरण सुवेदीले टेलिभिजन उद्योगमा रियालिटी शो तथा बिश्वस्तरीय खेलकुदका कार्यक्रमहरुको बर्गीकरण मार्फत स्वदेशी  तथा बिदेशी ब्राण्डलाई कर्पोरेट उचाई दिन पर्ने समय नजीकिएकाले अब ब्राण्ड वा कम्पनीको उत्पादन अनि सेवा प्रबर्द्गन गर्दा व्यक्तिगत हित मात्र हेर्न नहुने सुझाए।  

सुपर डान्सर नेपालको यसै हप्ता प्रशारण हुने ग्राण्ड प्रिमियर एपिसोडका लागि गोबिन्दा र सुनिता यतिबेला नेपालमा छन्, शो को शुटिंग पश्चात उनीहरु भारत फर्किने छन। देशभरबाट छानिएका सयौ डान्सर भाई बहिनीहरु बाट पनि अब्बल साबित भई छानिएका सुपर १२ प्रतिस्पर्धी र उनीहरुका १२ सुपर गुरुहरु शो ले छानिसकेको । अबको हप्ता बाट उनीहरु बीच कलात्मक प्रतिस्पर्धा हुनेछ भने मङ्सिर दोश्रो हप्ता देशले पहिलो सुपर डान्सर नेपाल प्राप्त गर्ने छ।  कान्तिपुर टेलिभिजन एचडी अनि ओएसआर रियालिटी युट्युब ,मार्फत यो शो हरेक हप्ता बिहीबार अनि शुक्रबार प्रसारण भईरहेको छ।  

Previous Post

तिमी नै तिमी भन्दै आए दिपक लिम्बु ( भिडियो )

Next Post

अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’ छान्ने

Next Post
अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’ छान्ने

अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’ छान्ने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal