Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाललाई विश्वमा चिनाएका राजकुमार अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर बेलायतमा

रबिन राउत by रबिन राउत
१० भाद्र २०७९, शुक्रबार १७:०८
in प्रवास, मनोञ्जन
0
नेपाललाई विश्वमा चिनाएका राजकुमार अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर बेलायतमा
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ ।
निमार्ण पक्षले दिएको जानकारी अनुसार २७ अगष्टमा बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । चलचित्रको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ ।
त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस चलचित्रको प्रदर्शन गरिनेसमेत निर्माण समूहले जानकारी दिएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ ।

नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ ।

युवराज राई (वीरबहादुर) द्धारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ । विजया राईको प्रस्तुती रहेको चलचित्रको प्रिमियरका लागि दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको छ ।

संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन् ।


को हुन् राजकुमार राई ?

यस चलचित्र चलचित्र ‘सोल अफ द कमाण्डो’का अभिनेता राजकुमार राई एक अभिनेता मात्र होइनन् । उनी कुशल खेलाडीका साथै ब्रिटिस सेनाका वास्तविक कमाण्डरसमेत हुन् । नेपालमा २०५६ सालमा नेपालमा आयोजित आठौं साफ गेममा उनले नेपाललाई तेक्वान्दोमा स्वर्ण पदक जिताएका चर्चित खेलाडीसमेत उनी हुन् । 
ग्राण्ड मास्टर सातौं डन रहेका उनी सन् १९८४ मा कोरियामा आयोजित दशौं एशियन खेलमा कांस्य पदक विजेतासमेत हुन् । उनी नेपाल सरकारबाट गोरखा दक्षिण बाहु पाँचौं पदक र तेश्रो पदक सम्मानबाट विभुषित व्यक्तित्व हुन् । 
शारीरिक सुगठनका लोभ लाग्दा बडि विल्डर रहेका उनी यस विधाकासमेत विजेता हुन् ।
कुशल लेखकका रुपमा समेत आफ्नो परिचय स्थापित गरेका उनी अभिनेता, खेलाडी तथा चलचित्रका निर्मातासमेत हुन् । 
नेपालमा आठौं साफ गेमको रापताप रहेका बेला प्रदर्शनमा आएको उनी अभिनित चलचित्र द कमाण्डो चर्चित बनेको थियो । उक्त चलचित्रले मनोरञ्जनमूलक चलचित्रमा पनि खेलाडीहरुको विषयलाई दर्शकहरुले रुचाउछन् भन्ने नजिर स्थापित गरेको थियो । 
हाल सोही चलचित्रको सिक्वेलका रुपमा चलचित्र ‘सोल अफ द कमाण्डो’ निर्माण गरिएको हो । यस चलचित्रले पनि विगतको विरासतलाई अझ ओझिलो बनाउनेमा निर्माण समूह ढुक्क देखिएको छ । 

Previous Post

विकासको 'प्रेमको परिभाषा'मा वर्षा राउत ( भिडियो )

Next Post

‘छड्के २’ मा ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर अनमोल केसी

Next Post
‘छड्के २’  मा  ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर अनमोल केसी

‘छड्के २’ मा ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर अनमोल केसी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal