Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रामजी र सम्झनाको चाँदनीमा प्रकाश र केकी

रबिन राउत by रबिन राउत
२८ कार्तिक २०७८, आईतवार २१:५९
in भिडियो, मनोञ्जन
0
रामजी र सम्झनाको चाँदनीमा प्रकाश र केकी
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक २७, काठमाडौं । पृथ्वी इन्टरटेनमेन्टले नेपाली सांगितीक दुनियामा नयाँ कोसेली ल्याएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा बिशेष समारोहका बिच ‘चाँदनी’ बोलको लोकगीत सार्वजनिक गरियो । गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको छ भने लय तथा शब्द सुजन लम्सालको रहेको छ । गीतमा एरेन्ज सुनिल परियारले गरेका छन् ।

पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चालन गरेको उक्त गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकप्रिय गीतकार रमेश बिजीले गीतलाई शुभकामना दिए । बिगतमा दिनमा पनि पृथ्वी इन्टरटेनमेन्टबाट आएका गीतले नेपाली सांगितीक दुनियामा छुट्टै छाप छाडेको र यस गीत पनि लोकप्रिय बन्नेमा विश्वा ब्यक्त गरे । कार्यक्रमका सभापति पृथ्वी इन्टरटेनमेन्टबाट प्रमुख पृथ्वी थकालीले गीतसंगीतको क्षेत्रलाई सदैबमा माया गर्ने र निरन्तरताका लागी नयाँ कोसेली स्वरुप यस गीत सार्वजनिक गरिएको जानकारी गराए । थकाली बिगत लामो समयदेखी बिशेष गरी लोक तथा दोहोरी गीत क्षेत्रमा योगदान पुरयाएका ब्यक्ति हुन् । उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन निर्माणको क्रममा पनि ठुलो सहयोगी भूमिका निभाएका थिए ।

कार्यक्रममा बोल्दै गायक रामजी खाँडले गीतको अडियो नै सुरुमा बलियो लागेकोले आफूलाई मन छोएको बताए । उनले अडियो पछि भिडियो पनि उस्तै राम्रो भएकाले दर्शकले मन पराउनेमा आशावादी रहने बताए । साथै गायिका सम्झना भण्डारीले बजारमा थुप्रै गीत आइरहदा केहि फरक गर्ने कोसिसका साथ नयाँ गीत ल्याएको जानकारी गराइन् । सम्झनाले यसअघि पनि पृथ्वी इन्टरटेनमेन्टबाटै सार्वज्निक थुप्रै गीत गाएकी छिन् ।

भिडियोका कलाकार प्रकाशले आफ्नो गीतसंगीतको करिअरनै पृथ्वी इन्टरटेनमेन्ट बाटै सुरु गरेको सम्झिए । उनले भने, ‘म जुन बेला काठमाडौंको गल्लिमा सफलता पाइन्छ कि भन्दै दौडिरहेको थिएँ । त्यो समयमा पृथ्वी थकालीदाईसँग भेट नभएको भए सायद आज यो प्रकाश सपूत हुँदैन थियो होला ।’
नायिका केकी अधिकारीले पनि गीतको अडियो सुन्ने बित्तिकै मन छोएको र गीतका शब्दले पनि आफूलाई तानेको बताइन् । साथै भिडियोमा निर्देशक बिक्रम स्वार भन्ने थाहा पाएपछि भिडियो निर्माणमा कुनै कमि हुँदैन भन्ने महसुसले पनि आफू खुसी भएको उनले बताइन् ।
भिडियोमा बिक्रम स्वारको निर्देशन छ भने नवराज उप्रेतीले खिचेका हुन् । भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।

Previous Post

समिर खान र प्राश्ना कार्कीको फिचरिङमा ‘किन होला’ सार्वजनिक

Next Post

डोल्पाका दुर्गम गाउँमा धमाधम ‘बुलाकी’

Next Post
डोल्पाका दुर्गम गाउँमा धमाधम ‘बुलाकी’

डोल्पाका दुर्गम गाउँमा धमाधम ‘बुलाकी’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal