गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको ‘फूल फुल्यो’ बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको यो भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। सुधा मरहट्ठाको शब्दमा रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ । सुधा ईन्टरटेनमेन्ट युटुब च्यानलबाट भिडियो रिलिज गरिएको छ। रिलिज लगत्तै यो गीत र भिडियोले सबैको मन जितिरहेको छ ।

>








Discussion about this post