इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २ अर्ब १७ करोड ४५ लाख बराबरको बजेट सर्वाजनिक गरेको छ । उपमहानगरकी उपमप्रमुख लक्ष्मी गौतमले उपमहानगरको नवौँ नगरसभामा २ अर्ब १७ करोड ४५ लाखको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा संघीय सामानीकरण अनुदान रु. ३३ करोड ६५ लाख, संघीय सशर्त अनुदान रु. ४३ करोड ७० लाख, संघीय समपूरक अनुदान रु. २ करोड २९ लाख, संघीय विशेष अनुदान रु. ३ करोड ४२ लाख आय हुने अनुमान गरिएको छ ।
यस्तै प्रदेश समानीकरण अनुदान रु.१ करोड ९९ लाख, प्रदेश सशर्त अनुदान रु.१ करोड ६७ लाख, प्रदेश समपूरक अनुदान रु.१ करोड, संघीय राजश्व बाडफाँड रु. १५ करोड १६ लाख, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) रु. २ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशनबाट रु. ३२ करोड आय हुने अनुमान गरिएको छ ।
यसैगरी आन्तरिक श्रोतबाट रु. ४१ करोड, मर्मत संभार कोषबाट रु. १ करोड २० लाख, धरौटी खाता सापटी रु. ४ करोड, ऋण प्राप्त गर्ने रु. ५ करोड नगद मौज्दात परिवर्तन (अ.ल.पा) बाट रु. २९ करोड नगद मौज्दात आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
उपमहानगरले चालु आर्थिक वर्षमा १ अर्ब ९५ करोड ४० लाख ८ हजार २ सय ७० रुपैयाँ आम्दानी हुने अनुमान गरेको थियो । चालु वर्षको ११ महिना (साउनदेखि जेठसम्म) मा १ अर्व ६१ करोड ६७ लाख ८ हजार २ सय ७० मात्रै आय भएको छ ।
आगामी वर्षका लागि विनियोजित बजेटमा विषयगततर्फ स्वास्थ्य क्षेत्रका लागि ४ करोड विनियोजन गरिएको छ । यस्तै शिक्षा क्षेत्रमा २ करोड, कृषि तथा पशु विकासमा २ करोड ५० लाख, सामाजिक विकासमा ३ करोड, वन, वातावरण तथा सरसफाइमा १ करोड छुट्याइएको छ ।
भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि २५ लाख, उद्योग, वाणिज्य र व्यापारमा ५ करोड ५८ लाख, नदी नियन्त्रणमा १ करोड ५० लाख, विपद् व्यवस्थापनमा ३ करोड, आन्तरिक प्रशासनिक व्यवस्थापनमा १ करोड विनियोजन गरिएको छ ।

>










Discussion about this post