कृषीकर्मी तथा चलचित्रकर्मी गुल्मीका रेशम जङ्ग शाहको गैरआवासिय नेपाली संघ अमेरिकाको न्युयोर्क राज्यको सचिव पदमा उम्मेद्बारी दर्ता गराउनुभएको छ । सन् २०१८ मा पारिवारिक आप्राबासी भिसामा अमेरिका पुगेका शाहको परिवार फ्लोरिडामा छन् भने उनी नेपालीहरूको बाक्लो बसाइ खोज्दै न्युयोर्कमा बस्दै आएका शाह नेपालमा रहदा ठकुरी सहयोग संजाल नामक सस्था मार्फत बिभिन्न समुदायमा सेवामुखी कार्यमा संलग्न हुनुहुन्थ्यो । अध्यक्ष पदको दावेदार रहेपनि गैरआवासिय नेपाली संघको बिधान बमोजिम एक कार्यकालमा कुनै पदमा सेवा गर्नु पर्ने बाध्यात्मककारी नियमले गर्दा शाहले २०२१-२०२३ कार्यकालको लागि सचिव पदमा आफ्नो उमेद्द्वारी दिएको शाहले जानकारी दिनुभयो ।

ठकुरीहरूको बिस्वब्यापी साझा संगठन ठकुरी सहयोग संजालका सस्थापक अध्यक्ष शाह संग युएनडिपीको एचाईभी नियन्त्रण तथा रोकथाम परियोजनामा नेपालका बिभिन्न जिल्लामा परियोजना प्रमुख भएर काम गरेको अनुभव छ। २०७२ को महा भुकम्पमा पनि शाहले नेतृत्वदायी भूकिमा निर्वाह गर्दै राहात, उद्दार तथा पुनर्वाबासका कार्यहरू गर्नु भएको थियो । जस अन्तर्गत काभ्रे, र सिन्धुपाल्चोक जिल्लामा तामांङ् र मगर तथा दलित समुदायका लागि ५२ ओटा अस्थाई आवास निर्माणको कार्य शाहकै नेतृत्वमा भएको थियो। गोरखा, लमजुंग, तनहु र नुवाकोटमा समेत उनको नेतृत्वमा भुकम्प पिडितहरूका लागि तत्काल राहत सामग्री उपलब्ध गराईएको थियो। नेपालमा कृषी पेशामा समेत सक्रिय शाह दरबार कृषी तथा पशुपंक्षी फार्मका प्रमुख संचालक समेत रहनु भएकोछ ।

उहाको कृषि फर्म गुल्मी जिल्लाको गुल्मी दरबार गाउपालिकामा रहेको छ ।अमेरिकामा भने भर्खर मात्र बसोबास थालनुभएका शाह एक सफल चलचित्रकर्मी भएको कारण पनि नेपाली कला संस्कृतीको संरक्षण तथा लुकेका सिर्जना प्रस्फुटनका लागी अमेरिकामा नेपाली टेलिसिरियल बनाउने योजनामा रहेको बताउनु भयो । नेपालको चर्चित फिल्म निर्माण कम्पनी आसुसेन फिल्म्स अन्तर्गत निर्माता तथा निर्देशक सन्तोष सेन संग उहाले चलचित्र प्रेम गीतका सेरिज तथा चंखे, शंखे, पंखे र मेरी मामुमा कार्यकारी निर्माता तथा जनसम्पर्क र बजार ब्यबस्थापकको कार्य सफलता सङ्ग गर्नु भएकोछ ।

शाहको प्रत्यक्ष संलग्न रहेको चलचित्र प्रेम गीत ३ हिन्दी भाषामा भारतमा समेत प्रदर्शनको तयारीमा छ। चुनावताका उम्मेद्बारी दर्ता गराउदा बिभिन्न योजना सबैले अघी सारेपनी अरुको भन्दा शाह को योजनाहरु फरक भएको उहाको दावी छ । केही नया योजना लिएर गैर आवासिय नेपाली संघको निर्णायक तहमा प्रवेश गर्ने दाउमा रहेका शाहलाई विस्वका नेपालीहरूले आशाको नजरले हेरेका छन्। बिसेष त शाहले संघ सस्थाको बिकृती बिरुद्द खुलेर आवाज उठाउन सक्ने क्षमता राख्ने हुदा धेरैको आशा त्यसैमा छ र उनले विदेशमा बस्ने नेपालीका सन्ततीको सस्कार र गैर आवासिय नेपालीहरूको नेपालमा राजनैतिक, ब्यबसायिक र सम्पतीको हकको लागि उहाले उमेद्द्वारी रहेको बौद्दिक वर्गहरूले दावी रहेको छ ।

>









Discussion about this post