यो बर्षको असोज १५ गते प्रदर्शन मिती तय गरिएको कबड्डी चलचित्रको अन्तिम सिरिज कबड्डी – ४ को शुभमुहर्त गरिएको छ् । काठमाडौं नक्सालमा रहेको भाटभटेनी मन्दिरमा चलचित्रको शुभमुहर्त गरिएको हो । चलचित्रमा दाँयाहङ राइ , मुख्य भूमिका रहने चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दै छन । बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा कथा निर्देशक राम बाबु गुरुङ र् उपेन्द्र सुब्बाको रहेको छ् ।, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको प्रमुख भूमिका रहनेछ । गौमायाले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन् । चलचित्रलाई मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार निर्माण गर्दै छन ।

>








Discussion about this post