Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्नलाईफटाइम अचिभमेन्ट अवार्ड : गायक योगेश वैद्यलाई

रबिन राउत by रबिन राउत
२८ चैत्र २०७७, शनिबार १९:०६
in मनोञ्जन, समाचार
0
विन्ध्यवासिनी म्युजिक अवार्ड  भव्यताका साथ  सम्पन्नलाईफटाइम अचिभमेन्ट अवार्ड : गायक योगेश वैद्यलाई
24
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष पनि भव्यताका साथ राजधानीमा सम्पन्न भएको छ।
चमक दमकका साथ राजधानीको दरवारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीम आयोजित ११औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा यस वर्ष ख्यातिप्राप्त गायक योगेश वैद्यलाई विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ। गायक बैद्य स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान अर्पण गरिएको कार्यक्रममा प्रस्तुत भिडियोमा जानकारी गराईएको थियो। गायक बैद्यलाई कार्यक्रमका आयोजकका साथमा विन्ध्यवासिनी फाउन्डेशनका सल्लाहकारहरुले निवासमै पुगी सम्मान अर्पण गरेका थिए।


त्यसै गरी लोकप्रिय गायिका कुन्ती मोत्तानलाई नगद ५० हजार रुपियाँसहित संगीत साधना सम्मानबाट सम्मान गरिएको समारोहमा अर्की गायिका माण्डवी त्रिपाठाीलाई २५ हजार रुपियाँसहित संगीत रत्न सम्मानबाट सम्मानित गरिएको थियो। त्यस्तै पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मानबाट सम्मानित गरियो।


गीत संगीत र नृत्य प्रस्तुतिका साथ रोचक रुपमा सम्पन्न अवार्डमा अजर जंगम र पूर्णिमा तामाङ यस वर्षको सर्वोत्कृष्ट सुगम संगीत गायक गायिकाको अवार्ड चुम्न सफल भए। धु्रबप्रसाद अम्गाईले गीत सर्वोत्कृष्ट घोषीत भएको कार्यक्रममा बिबि अनुरागीले संगीतकारको अवार्ड उचाले भने मोहनकुमार खत्री सर्वोत्कृष्ट गीतकार र उदयराज पौडेल एरेन्जरको अवार्ड विजेता भए। पप संगीततर्पm धन किरण गुरुङ सर्वोत्कृष्ट पप गायिका र सिर्जना कार्कीको अवार्ड जित्न सफल भए। त्यसै गरी गायक गायिका दम्पती रामचन्द्र काप्mले र जुनु काप्mलेले युगन गायनमा बाजी मारे भने शिरिष देवकोटा र सरीता कार्की लोकदोहोरी गायक गायिका, प्रकाश सपुत, लोकदोहोरी भाका, नवराज पन्त लोकदोहोरी रचना, करण न्यौपाने लोकदोहोरी गीतको विजेता भए।

त्यसै गरी दुर्गेश थापा र प्राची लामाको दम्पती  पप तथा आधुनिक गीतको म्युजिक भिडियो मोडल, काजिश श्रेष्ठ लोकदोहोरी म्युजिक भिडियो निर्देशक, देवेन्द्र पाण्डे सुगम संगीत म्युजिक भिडियो निर्देशक, आशिरप्रताप जंग केसी र सारिका घिमिरे लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए।पूर्व नेपाल सुन्दरी सुगरीका केसीद्वारा सञ्चालित समारोहमा आधुनिक तथा फिल्मी गीत गायनमा चर्चित नाम बनेकी गायिका समिक्षा अधिकारीले लोक तथा दोहोरी गीततर्पmको नव प्रतिभा पुरस्कालाई आप्mनो बनाइन्। समारोहमा नायक नायिका पल शाह र अनु शाहले
पपूलर अवार्ड चुमे भने दुबईका गैरे विवशलाई अन्तराष्ट्रिय संगीत सम्मान प्रदान गरियो। त्यसै गरी नरेश खाती पब्लीक च्वाईस अवार्ड तथा गायक रमेशराज भट्टराई र गीतकार बि. पाण्डे जूरी अवार्ड विजेता भए।


समारोहमा लाईफटाइम अचिभमेन्ट विजेता गायक योगेश वैद्यको सम्मानमा सुमन श्रेष्ठ र अजर जंगमले योगशका तथा संगीत साधना सम्मान विजेता गायिका कुन्ती मोक्तानको सम्मानमा उनको गायिका छोरीहरु शितल र सुवानी मोक्तानले कुन्तीका गीत गाएर सुनाएका थिए भने गायक एम बराल, रामचन्द्र काप्mले र रमेशराज भट्टराईले आप्mनो गीत प्रस्तुत गरेर दर्शकलाई जोस्याएका थिए। त्यसै गरी एलिना रायमाझी, शंकर विसी र उनको समूह, दुर्गेश थापा र उनको समूह तथा काजिश श्रेष्ठ र उनको समूहले नृत्य प्रस्तुत गरेर माहौल तताएका थिए।

बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७ का बिजेताहरु
विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्ड : गायक योगेश वैद्य (नगद १ लाख)
विन्ध्यवासिनी संगीत साधना सम्मान : गायिका कुन्ती मोत्तान (नगद ५० हजार)
विन्ध्यवासिनी संगीत रत्न सम्मान : गायिका माण्डवी त्रिपाठी (नगद २५ हजार)
विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान : पत्रकार अनन्त वाग्ले (नगद २५ हजार)
पपूलर अवार्ड : नायक नायिका पल शाह र अनु शाह
अन्तराष्ट्रिय संगीत सम्मान : सुरज गैरे विवश दुबई
पब्लीक च्वाईस अवार्ड : गायक नरेश खाती
जूरी अवार्ड गायक : रमेशराज भट्टराई र गीतकार बि. पाण्डे

सर्बोत्कृष्ट गीत
गीत विजेता
माया हे माया ध्रुवप्रसाद अम्गाई

सुगम संगीत सर्बोत्कृष्ट गायक
गीत विजेता
अस्तायौ किन तिमी अजर जंगम

सुगम संगीत सर्बोत्कृष्ट गायिका
गीत विजेता
मुटु जली खरानि भो पूर्णिमा तामाङ (लामा)

सुगम संगीत सर्बोत्कृष्ट संगीत
गीत विजेता
म एकदिन झरीमा बिबि. अनुरागी

सुगम संगीत सर्बोत्कृष्ट रचना
गीत विजेता
पत्थरको जस्तो मुटु मोहन कुमार खत्री

सर्बोत्कृष्ट एरेञ्जर (संगीत संयोजन)
गीत विजेता
जिन्दगीको के छ र भर उदयराज पौडेल

सर्बोत्कृष्ट पप गायक
गीत विजेता
तिमि र म धन किरण गुरुङ

सर्बोत्कृष्ट पप गायिका
गीत विजेता
फक्रिन नसकेको फुल सिर्जना कार्की

सर्बोत्कृष्ट यूगल गायन
गीत विजेता
बन चौरी रामचन्द्र काफ्ले र जुनु रिजाल

सर्बोत्कृष्ट लोक दोहोरी गायक
गीत विजेता
बोलिदेउ आधार शिरिष देबकोटा

सर्बोत्कृष्ट लोक दोहोरी गायीका
गीत विजेता
निष्ठुरी रे सरिता कार्की

सर्बोत्कृष्ट लोकदोहोरी भाका
गीत विजेता
फुटेका चुरा प्रकाश सपुत

सर्बोत्कृष्ट लोकदोहोरी रचना
गीत विजेता
मन्जरी नवराज पन्त

सर्बोत्कृष्ट लोकदोहोरी गीत
गीत विजेता (निर्माता)
बनपालेको लौरी करण न्यौपाने

सर्बोत्कृष्ट पप तथा आधुनिक भिडियो मोडल
गीत विजेता
तिमी यति राम्री   दुर्गेश थापा र प्राचि लामा                                  

सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत
गीत विजेता
देश नदूखोस तेजेन्द्र काफ्ले

सर्बोत्कृष्ट लोदोहोरी म्यूजिक भिडियो निर्देशक
गीत विजेता
लाईदिउ कि मोहनी काजिश श्रेष्ठ

सर्बोत्कृष्ट सुगम सगीत म्यूजिक भिडियो निर्देशक
गीत विजेता
डिजीटल फोटो देवेन्द्र पाण्डे

सर्बोत्कृष्ट सुगम संगीत महिला गीतकार
गीत विजेता
हिउँद लाग्यो बिनिता उप्रेति खनाल

सर्बोत्कृष्ट म्युजिक भिडियो छायांकार
गीत विजेता
बनमा तरुल राजेश घिमिरे

सर्बोत्कृष्ट म्युजिक भिडियो सम्पादक
गीत विजेता
तिमि जुन बन्यौ बिनोद बम

सर्बोत्कृष्ट लोक तथा दोहोरी नवप्रतिभा  
गीत विजेता
माया मारेर समिक्षा अधिकारी

सर्बोत्कृष्ट पप तथा आधुनिक नवप्रतिभा
गीत विजेता
म हासे हास्छयौ र? देबेन्द्र बब्लू

सर्बोत्कृष्ट लोक तथा दोहोरी मोडल
गीत विजेता
किन अन्धो भइन म आशिरप्रताप जंग र सारिका केसी.

Previous Post

‘मन पराएँ तिमीलाई’ मा रजनीका साथ दुई सरोज

Next Post

किरण र अस्मिताको 'मन खाने माया' सार्वजनिक ( भिडियो )

Next Post
किरण र अस्मिताको ‘मन खाने माया’ सार्वजनिक ( भिडियो )

किरण र अस्मिताको 'मन खाने माया' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal